३० कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हावाबाट निकालिएको विद्युत् बन्द हुँदा गाउँ नै अँध्यारोमा

२२ पुष २०७८, बिहीबार ०४:४१

पुस २२, काठमाडौँ | एक दशक अगाडि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा हावाबाट निकालिएको बिजुली अहिले बन्द भएको छ । हावाबाट पङ्खालाई घुमाएर टर्वाइनको माध्यमले ब्याट्री चार्ज भई बिजुली निकालिँदै आएकामा टर्वाइनमा समस्या देखिएपछि सिङ्गो गाउँ नै अँध्यारो भएको छ । 

जिल्लाको हुप्सेकोट गाउँपालिका–५ रुद्रपुरको धौवादी डाँडामा हावाबाट बिजुली निकालेर गाउँलाई उज्यालो बनाइएको थियो । एउटा टर्वाइनमा देखिएको समस्याले गाउँवासीले नै निकै समस्या भोग्नुपरेको स्थानीयवासी गमबहादुर रानामगरको गुनासो छ । टर्वाइनको समस्याले विद्युत् आपूर्ति नभएपछि सबैभन्दा बढी मारमा विद्यार्थी परेका मगरले बताउनुभयो ।  

भएका स्रोतको सदुपयोगसहित उचित व्यवस्थापन गर्न नसक्दा स्थानीय अँध्यारोमा बस्न बाध्य भएका हुन् । उक्त परियोजनाको मर्मत सम्भारका लागि प्रदेश सरकारबाट सहयोग हुने र आफूहरु पनि मर्मत सम्भारका लागि छलफलमा जुटिरहेको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो । धौवादीको डाँडास्थित रुद्रपुरमा विसं २०६८ मा एसियाली विकास बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा हावाबाट बिजुली निकालिएको थियो । 

रु दुई करोड बढीको लागतमा सञ्चालित परियोजनाबाट हावाका माध्यमले १० किलोवाट विद्युत् तथा सौर्य ऊर्जाबाट दुई किलोवाट विद्युत् गरी सो स्थानमा १२ किलोवाट विद्युत् उत्पादन गरिएको थियो । संरचनाको उचित मर्मतसम्भार नगर्दा अहिले भने हावाबाट निकालिएको बिजुली बन्द भएको छ । हावाबाट बिजुली सञ्चालन हुँदा सो क्षेत्रमा उज्यालोका साथै पर्यटकीय केन्द्रका रुपमा समेत विकास भएको थियो । 

स्थानीवासीका अनुसार हावाबाट बिजुली निकाल्नका लागि टर्वाइनमा जडान गरिएको पङ्खा हावाको वेगले घुम्दा थप आकर्षक देखिन्थ्यो । यहाँ फोटो खिच्न तथा हावाबाट निकालिएको बिजुली अवलोकनका लागि आन्तरिक पर्यटकको बाक्लै उपस्थिति हुने गरेको थियो । रुद्रपुरका मीनबहादुर राना मगरले हावाबाट बिजुली उत्पादन गराएर यसलाई थप आकर्षित बनाउन सके पर्यटकको आगमनमा वृद्धि हुने बताउनुभयो । 

परियोजना सञ्चालन भएपछि केही वर्ष उक्त स्थानमा क्षमताअनुसारको विद्युत् उत्पादन भएकाले यहाँका बासिन्दाले चौबीसैँ घण्टा विद्युत्को प्रयोग गर्न पाएका थिए । धौवादी डाँडामा हावाबाट उत्पादन भएको विद्युत्का कारण रुद्रपुरमा रहेको इलाका प्रहरी कार्यालय र स्थानीय ४२ घरधुरी लाभान्वित भएका थिए । हावाबाट विद्युत् उत्पादन हुँदा टेलिभिजन हेर्न, रेडियो सुन्न तथा मोबाइल चार्ज मिल्ने गरेको भए पनि अहिले स्थानीयवासी यी सुविधा उपभोग गर्नबाट बञ्चित भएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अधिकांश बैंकले घटाए ब्याजदर : कुन बैंकमा पैसा राख्दा कति पाइन्छ ब्याज? महानायक भनेर सम्बोधन गरे फेसबुकमा ब्लक गर्ने दीपकराज गिरीको चेतावनी नेपालको पैसा नेपालमै रहनुपर्छ : दुर्गा प्रसाईं रविलाई जहाजमार्फत पूनः पोखरा ल्याइदै नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात नेताहरुले देश बेचेपनि महानगर नेपाल बनेर उभिन्छ : मेयर बालेन गौशालामा महानगर प्रहरी र स्थानीयबीच तनाव सोमपाल कै नेतृत्वमा एनपीएलमा खेल्दै शिखर धवन सांसाद बजगाईंविरूद्व मन्त्री पाण्डेले दिए उजुरी लगातार ओरालो लागिरहेको सुनको भाउ फेरि बढ्यो, आज तोलाको कति पुग्यो ? चार संसदीय समितिको बैठक आज बस्दै चितवन राइनोजमा इंग्ल्याण्डका रवि बोपारा अनुबन्ध आजदेखि नेपालले बंगलादेशलाई बिद्युत बिक्रि गर्दै दार्चुला दुर्घटना अपडेट : मृतकको संख्या ७ पुग्यो, ६ जना गम्भीर घाइते सरुवा भएका कर्मचारीलाई ७ दिनभित्र कार्यालयमा हाजिर गर्न सामान्यको निर्देशन नेपाल गुणस्तर परिषद्को ११३ औ बैंठक सिंहदरबारमा सम्पन्न यस्तो छ, शुक्रबारको विदेशी मुद्राको विनिमय दर दार्चुलामा जीप दुर्घटना: ६ जनाको ज्यान गयो आजको मौसमः देशको अधिकांश भागमा मौसम सफा रहने जोखिमपूर्ण श्रमबाट एकजना र असुरक्षित बाल गृहबाट ११ बालबालिकाको उद्धार