भदौ ८, काठमाडौं | बैंककबाट फर्किंदै गरको नेपाल वायुसेवा निगमको एयरबसको ककपिटमा लेजर लाइट आक्रमण गर्नेको पहिचान नेप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ८, काठमाडौं | बैंककबाट फर्किंदै गरको नेपाल वायुसेवा निगमको एयरबसको ककपिटमा लेजर लाइट आक्रमण गर्नेको पहिचान नेप"/>
२३ मंसिर २०८२, सोमबार
काठमाडौँ - KTM

नेपाल एएरलाइन्समा लेजर आक्रमण गर्नेलाई सेनाले समात्यो

८ भाद्र २०७३, बुधबार ०६:५७

भदौ ८, काठमाडौं | बैंककबाट फर्किंदै गरको नेपाल वायुसेवा निगमको एयरबसको ककपिटमा लेजर लाइट आक्रमण गर्नेको पहिचान नेपाली सेनाले गरको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरी सुरक्षामा खटिएको सेनाले निगमको ककपिटमा पाइलटलाई असर पर्ने गरी लेजर हान्नेमा जडीबुटीमा तरकारी पसल सञ्चालन गर्दै आएका वीरन्द्र थापामगर रहेको जनाएको छ । 

‘१९ वर्षीय तरकारी पसले केटो रहेछ,’ सैनिक स्रोतले भन्यो, ‘पहिलोपटक भएकाले उसले माफी मागेकाले सजग गराउंदै छाडिदियौं ।’ कोटेश्वरस्थित अरनिको राजमार्ग पछाडि जोडिएको विमानस्थलको भीओआर डीएमई उपकरणको सुरक्षामा खटिएको सेनाले घटना भएको भोलिपल्ट ती युवकको पहिचान गरको हो। ती युवकले आफूले जिस्किएर लेजर लाइट चलाएको सेनालाई प्रस्टीकरण दिएका छन् । 

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले शुक्रबारको उक्त घटनापछि नागरिक उड्डयन प्राधिकरणले नागरिकहरूलाई जागरण गराउन बुधबारदेखि माइकिङ गरिने बताए । ‘धेरलाई एउटा सानो लेजर लाइट अवतरण हुँदै गरको विमानको ककपिटतर्फ लगाउँदा कति हानि पुग्छ भन्ने विषयको हेक्का नै नभएको देखिएकाले माइकिङ गर्ने भएका हौं,’ प्रवक्ता ठाकुरले भने । 

लेजर लाइट आक्रमण बेहोरका निगमका पाइलटका अनुसार लामो समय लेजर लाइट आक्रमण भइरहे जहाज दुर्घटना हुन सक्ने सम्भावना हुन्छ । प्राधिकरणले पहिलोपटक रिपोर्टमा आएको यो घटनापछि विमानस्थल आसपासका सर्वसाधारणलाई लक्षित गर्दै चेतनामूलक कार्यक्रम थाल्ने भएको हो ।

बैंककबाट फर्किंदै गरको निगमको विमान ठैंचु नाघेर हात्तीवन माथिको आकाशमा आउंदै गर्दा ककपिटमा विपरीत दिशा (जडीबुटी) बाट विकिरण उत्सर्जन गर्ने लेजर लाइटले करिब ४० सेकेन्डसम्म ककपिटमा आक्रमण गरको थियो । १ सय ४० यात्रु बोकेर आइरहेको विमानलाई अवतरण गराउन खोजिरहेका क्याप्टेनका आँखामा असर परपछि उनीहरूले यो विषयबारे तत्कालै विमानस्थलको एटीसी प्रमुखलाई लिखित उजुरी दिएका थिए । – कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा