२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘अमेरिकी लगानी र प्रविधि भित्र्याउने प्रयास गरियोस्’

३० पुष २०७८, शुक्रबार ०९:५७

पुस ३०, काठमाडौँ  | नेपाल उद्योग परिसङ्घले मुलुकमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउन तथा निर्यात प्रवद्र्धनसँगै प्राकृतिक सौन्दर्यको खानी देशको पर्यटनको विकासलाई केन्द्रमा राखेर काम गर्न अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीसँग आग्रह गरेको छ । 

परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवाललगायत पदाधिकारीहरूसँग आज भएको छलफलमा पश्मिना, तयारी पोशाक, छुर्पीजस्ता विशिष्टिकृत उत्पादनलाई अमेरिकीबजारसम्म सहजपहुँच स्थापित गर्न तथा बजार विस्तारमा भरमग्दुर प्रयासका लागि उहाँसँग अनुरोध गरिएको हो । 

राष्ट्रको पर्यटन प्रवद्र्धन हुनेगरी अमेरिकाको तर्फबाट उच्चस्तरीय भ्रमणको प्रयास गर्न तथा नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धलाई आर्थिक कुटनीतिका माध्यमबाट थप सबल बनाउनेतर्फ विशेष ध्यान दिन परिसङ्घले अनुरोध पनि गरेको छ । 

नेपाललाई विकासको पथमा अग्रसर गराउन गुणस्तरीय पूर्वाधार निर्माण पहिलो आवश्यकता भएकाले जलस्रोतसहित पर्यटन र सेवाका क्षेत्रमा अमेरिकी लगानी जुटाउन प्रयत्नका निम्ति पनि परिसङ्घले प्रस्तावित राजदूत खत्रीसमक्ष आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता