Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

गृहमन्त्री खाँणसँग अस्ट्रेलियन राजदूतको भेट

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस २६, काठमाडौँ | गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कले आज भेट गर्नुभएको छ ।गृह मन्त्रालयमा भएको भेटमा अस्ट्रेलिया र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध अझै प्रगाढ बनाउनेबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा गृहमन्त्री खाँणले नेपालको विकासमा अस्ट्रेलियाले  गरिरहेको मद्दतका लागि धन्यवाद दिँदै कोभिड–१९ महामारी नियन्त्रणका लागि भ्याक्सिन सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

नेपालमा रहेका शरणार्थीको व्यवस्थापन र नेपाली विद्यार्थीलाई अष्ट्रेलियामा पढ्न सहज हुने व्यवस्था गरिदिन पनि उहाँले आग्रह गर्नुभएको थियो । मन्त्री खाँडले पढाइका अलावा नेपाली विद्यार्थीले हप्तामा २० घण्टा काम गर्न पाउने गरेकामा त्यो समय बढाउन पनि आग्रह गर्नुभएको थियो ।

राजदूत भोल्कले नेपाल पुरानो मित्र भएकाले आफूहरूले सक्दो  सहयोग गर्न सदैव तयार रहेको उल्लेख गर्दै नेपाली विद्यार्थीलाई अध्ययनका लागि सहज वातावरण निर्माणबारे आफूले पहल गर्ने पनि आश्वासन पनि दिनुभएको थियो ।