पढ्न करिब 1 मिनेट लाग्छ
<p>माघ ३, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना सङ्क्रमण पुष्टी भएको छ । आज गरिएको कोरोना परीक्षणकाक्रममा मन्त्री आले सङ्क्रमित भएको पुष्टि भएको उहाँको सचिवालयले जनाएको छ । <br></p><p>मन्त्री आलेसहित उहाँका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना सङ्क्रमण पुष्टी भएको छ । हाल दुवैजना निवासमै आइसोलेशनमा हुनुहुन्छ । मन्त्री र स्वकीय सचिवको सम्पर्कमा आएका सबै जनालाई सतर्कता अपनाउन र कोरोना जाँच गर्न आग्रह गरिएको सचिवालयले जनाएको छ ।</p>

