भदौ ९, काठमाडौं । पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे संयोजक रहेको स्थानीय सिफारिस समिति पर्साले माओवादी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ९, काठमाडौं । पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे संयोजक रहेको स्थानीय सिफारिस समिति पर्साले माओवादी "/>
२०८३, ११ जेष्ठ सोमबार
काठमाडौँ - KTM

माओवादी केन्द्रलाई सरकारी जमिन

२०७३, ९ भाद्र बिहीबार ०१:३३

भदौ ९, काठमाडौं । पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे संयोजक रहेको स्थानीय सिफारिस समिति पर्साले माओवादी केन्द्रको पार्टी कार्यालयका लागि पाँच कट्ठा ऐलानी जग्गा भोगचलन गर्न दिएको तथ्य सार्वजनिक भएको छ ।

वीरगन्ज उपमहानगरपालिका कार्यालय वडा नम्बर १७ मा अवस्थित किता नम्बर ७५ मध्येको पाँच कट्ठा ऐलानी जग्गा माओवादी केन्द्रको पार्टी कार्यालयका लागि ५० वर्षसम्म लिजमा दिने निर्णय समितिले गरेको हो ।

प्रजिअ घिमिरे संयोजक रहेको समितिले एक दशकदेखि बन्द रहेको वीरगन्ज चिनी कारखानाको पर्खालछेउमै रहेको उत्त ऐलानी जगा माओवादी केन्द्रको पार्टी कार्यालय सञ्चालनका लागि उपलव्ध गराउने निर्णय गरेको छ ।

निजी भवन वा जगा नहुँदा पार्टी सञ्चालनमा अतिनै कठिनाइ भएकाले जग्गा उपलव्ध गराइदिन भन्दै माओवादी केन्द्रको जिल्ला कार्यसमितिले गत आइतबार प्रजिअ घिमिरे संयोजक रहेको समितिलाई निवेदन दिएको थियो ।

निवेदन पाएको दिन नै प्रजिअ घिमिरेको अध्यक्षतामा बसेको बैठकले उक्त जग्गा केन्द्रलाई दिने निर्णय गरेको हो । माओवादी केन्द्रलाई ऐलानी जगा दिने निर्णयको एमाले र मधेसी मोर्चाले विरोध गरेका छन् । - अन्नपूर्ण पोष्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु