भदौ ९, काठमाडौं | उपत्यकाको ट्राफिक व्यवस्थालाई सहज बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ट्राफिक प्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ९, काठमाडौं | उपत्यकाको ट्राफिक व्यवस्थालाई सहज बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ट्राफिक प्"/>
२८ मंसिर २०८२, शनिबार
काठमाडौँ - KTM

ट्राफिक प्रहरी थप्न प्रधानमन्त्रीको निर्देशन

९ भाद्र २०७३, बिहीबार ०१:३६

भदौ ९, काठमाडौं | उपत्यकाको ट्राफिक व्यवस्थालाई सहज बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ट्राफिक प्रहरी थप्न निर्देशन दिएका छन् । प्रचण्डले बुधबार आइजिपी उपेन्द्रकान्त अर्याललाई यससम्बन्धी निर्देशन दिएका हुन् ।

ट्राफिक व्यवस्थापनमा जनशक्तिको अभाव भएकाले तत्काल जनशक्ति थपेर ट्राफिक प्रहरी बढाउन निर्देशन दिएका छन् । प्रहरीले भने जनशक्तिका साथै प्रविधिको पनि माग गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी प्रकाश अर्यालका अनुसार उपत्यकामा मात्र ६ सय ट्राफिक प्रहरी अपुग छ । ‘सवारीको चापअनुसार उपत्यकामा एक हजार आठ सय ट्राफिक प्रहरी आवश्यक छ,’ उनले  भने, ‘तर हामीसँग एक हजार २ सय मात्र कार्यरत छन् ।’

उपत्यका मात्र होइन देशभरि नै ट्राफिक प्रहरीको समस्या छ । पहाडी जिल्लामा सदरमुकाम र मुख्य सडकमा मात्र ट्राफिक प्रहरी खटिँदै आएका छन् । ट्राफिक प्रहरी नभएकाले पनि धेरै स्थानमा सार्वजनिक यातायातको मनपरी चल्ने गरेको छ ।

तत्काल ट्राफिक जनशक्ति थप्न अन्यत्र कार्यरत प्रहरीलाई त्यता खटाउनुपर्ने र अन्य कार्यालयहरूमा पनि जनशक्तिको अभाव रहेको प्रहरी अधिकारीहरू बताउँछन् । नयाँ दरबन्दी नै थप्नुपर्ने प्रहरीको भनाइ छ । अघिल्लो सोमबार काभ्रेमा भएको बस दुर्घटनापछि सरकारले नियम पालनामा कडाइ गरेको छ । रुट पर्मिट नलिएका सडकमा सवारीसाधन चलाउन रोकेको छ भने क्षमताभन्दा धेरै यात्रु राख्नसमेत दिएको छैन । – नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ