पढ्न करिब 1 मिनेट लाग्छ
<p>माघ ७, काठमाडौँ | नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । केन्द्रीय निर्वाचन समितिले जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन स्थगित भएको जनाएको छ ।<br></p><p>कोरोना महामारीका कारण १५ माघमा हुने भनिएको जिल्ला अधिवेशन स्थगित भएको समितिले जनाएको छ । कांग्रेसको सप्तरी, सिराहा, सर्लाही, महोत्तरी, धनुषा, रौतहट, पर्सा, बारा, सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, कैलाली, बाँके, नवलपुर र अछाममा जिल्ला अधिवेशन हुन बाँकी छ ।</p><p>कोरोना कहर सामान्य अवस्थामा आएपछि मात्र जिल्ला अधिवेशनको नयाँ मिति तोकिने सचिव केशव रिजालले जानकारी दिएका छन् ।</p>

