पढ्न करिब 1 मिनेट लाग्छ
<span style="font-size: 14px; color: rgb(51, 51, 51); font-family: "helvetica neue", Helvetica, Arial, sans-serif;">माघ ११, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीले यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेश नं. १ मा पार्टीका उम्मेदवार अम्बरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई मतदान गर्न आग्रह गरेको छ ।
पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको सभापतित्वमा आज बसेको केन्द्रीय पदाधिकारीको बैठकले पार्टीका आफ्ना मतदातालाई सो निर्देशन गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । बैठकले अन्य प्रदेशमा पार्टीको उम्मेदवार नभएकोले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदातालाई मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने निर्णय गरेको छ ।