२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पेन्सन लिन मृत्यु भएको व्यक्तिलाई ह्विल चेयरमा राखेर कार्यालय

२०७८, ११ माघ मंगलवार १२:०५

माघ ११, काठमाडौँ | पैसाका लागि मानिसले के–के सम्म गर्दा रहेछन् भन्ने उदाहरण दक्षिणपूर्व आयरल्यान्डको एक कार्यालयको घटनाले उदाङ्गो पारिदिएको छ । यहाँका एक मानिसले पेन्सनका लागि मृत मानिसलाई पनि जीवित रहेको भन्दै पेस गरेका छन् । यो घटनाको साक्षी दक्षिणपूर्व आयरल्यान्डको कार्लोका बासिन्दा बनेका छन् । मृत्यु भइसकेका व्यक्तिलाई ह्विल चेयरमा राखेर उनका आफन्तले पेन्सन दाबी गर्न कार्यालय पुगेका हुन् ।

यसै साता सार्वजनिक भएको सो घटनामा कार्लोस्थित हुलाक कार्यालयमा पुगेर ती व्यक्तिले आफन्तको पेन्सन माग्छन् । तर, कार्यालयका कर्मचारीले रकम लिन सम्बन्धित व्यक्ति आफैँ उपस्थित हुनुपर्ने जवाफ दिन्छन् ।

कर्मचारीको जवाफपछि उनी कार्यलयबाट करिब पाँच सय मिटरको दूरीमा पुग्छन् जहाँ ६६ वर्षका एक व्यक्तिलाई दुई जनाले ह्विलचेयरमा राखेका थिए । ती ह्विलचेयरमा राखिएका व्यक्ति सेवानिवृत्त पेन्टर पिडर डोयल हुन् । उनका खुट्टा भुईमा लत्रिएको र अनुहार ढाएिको थियो ।

ह्विल चेयरसम्म पुगेर ती व्यक्ति फेरि हुलाक कार्यालय पुगेर वृद्ध आउन नसक्ने भन्दै पेन्सन माग्छन् । आईरिस टाइम्सका अनुसार फेरि रकम माग्न आएपछि कर्मचारीले पनि ह्विलचेयरमा बसेका मानिसको स्वास्थ्यबारेमा चासो देखाउँछन् ।

कर्मचारीले जाँच गर्ने क्रममा ती व्यक्ति मृत भेटिन्छन् । कर्मचारी आएपछि उनलाई बोकेका दुई व्यक्तिले ‘वृद्धलाई हृयघात भएको’ भन्दै शव त्यही छोडेर भाग्छन् । शब लिएर आएका युवा भागेपछि स्थानीयले तत्कालै एम्बुलेन्स बोलाएका थिए । एम्बुलेन्समा आएका स्वास्थ्यकर्मीले डोयल मरिसकेको बताएका थिए ।

६६ वर्षीय ती वृद्ध त्यहाँ ल्याउनु अघिल्लो दिनसम्म जीवितै थिए । तर, घरबाट कार्यालय ल्याउने बेलासम्म उनी जीवितै थिए वा मृत थिए भन्ने बारेमा प्रहरीले अनुसान्धान सुरु गरेको छ । उनलाई बोकेका व्यक्तिहरूले भने उनको कार्यालयमा आईसकेपछि मृत्यु भएको दाबी गरेका छन् ।

डोयललाई जीवितै देखाउन उनको अनुहार र शरीर ढाकिएको प्राप्त विवरणमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी