पढ्न करिब 1 मिनेट लाग्छ

भदौ ११, काठमाडौं । भूकम्पबाट अतिप्रभावित जिल्लाका अनुलदान पाउनयोग्य लाभग्राहीले असोज पहिलो साताभित्र रकम पाइसक्ने दाबी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गरेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान रकम उपलव्ध गराउन विशेष अभियान थालेसँगै तीव्र गतिमा रकम उपलव्ध गराइएको मन्त्रालय अन्तरगतको केन्द्रीय कार्यान्वयन एकाइले जानकारी दिएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।

सिन्धुपाल्चोकमा शुक्रबार मात्रै १० हजार भूकम्पपीडितसँग सम्झौता भएको एकाइका प्रमुख गणेशकुमार वस्तीले जानकारी दिए । शुक्रबारसम्ममा अति प्रभभावित जिल्लाका करिब ७१ दशमलब ८८ प्रतिशत पीडितसँग अनुदान सम्झौता भइसकेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कामकारबाही छिटोछरितो गराउन क्विक रेस्पोन्स टिम तयार गरेर जिल्ला पठाएको छ ।