पढ्न करिब 1 मिनेट लाग्छ

फागुन ५, काठमाडौँ । सीके राउतले स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । बिहीबार दिउँसो आयोग कार्यालयमा पुगेर पार्टीका तर्फबाट महासचिव चन्दन सिंहले दल दर्ता गराएका हुन्।

मधेश प्रदेशमा केही समयदेखि किसान आन्दोलनका नाममा प्रदर्शन चर्काइरहेको जनमत पार्टीले मधेशमा किसानको माग पूरा नभएसम्म निर्वाचन जान नसकिने जनाएको थियो। वीरगन्जमा भएको एक कार्यक्रममा पार्टीका अध्यक्ष राउतले भनेका थिए- “नभए अरू ठाउँमा त भन्न सकिन्नँ तर तराई-मधेशमा झापादेखि कैलाली कञ्चनपुरसम्म स्थानीय निर्वाचनमा हामी अवरोध गर्नेछौं।’

आफूहरू निर्वाचनमा जान तयार भए पनि सरकारले कमसेकम किसान आन्दोलनको माग पूरा गर्नुपर्ने उनको माग थियो। निर्वाचनबाट जो आए पनि आफ्नो एजेण्डा यही हुने पनि बताए।

फागुन १ गते विज्ञप्ति निकालेर आफ्ना माग पूरा नभए जिल्ला निर्वाचन कार्यालयमा तालबन्दी गर्ने चेतावनी दिएको थियो। आफ्ना मागहरू जसरी पनि पूरा गराएरै छाड्ने पार्टीले जनाएको थियो।