Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पुनःनिर्माणलाई प्राथमिकता दिन आग्रह

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भदौ ११, काठमाडौँ । आरुघाटवासीले भूकम्पपछिको पुनःनिर्माणलाई प्राथमिकताका साथ अगाडि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहालसंग आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आरुघाटवासीले सामूहिक भेट गरी भूकम्पपछिको पुनःनिर्माणसँगै जलाशाययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनालाई विशेष प्राथमिकतामा राख्न आग्रह गरे ।

बूढीगण्डकी जलविद्युत् आयोजनाका कारण डुबानमा पर्न सक्ने बस्तीको उचित व्यवस्थापन गर्न पनि आरुघाटवासीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

सो अवसरमा प्रधानमन्त्री दाहालले आफ्नो युवा अवस्थामा आरुघाटको बसाइँ र अध्यापनले आफ्नो राजनीतिक जीवनमा सधैँ ऊर्जावान् भएको भन्दै त्यहाँको विकासका लागि सक्दो सहयोग गर्ने बचन दिनुभयो ।

“आरुघाटमा अढाई र तीन वर्ष अध्यापन गरें । त्यो बसाइँ मेरो राजनीतिक जीवनमा सधैँ ऊर्जाको स्रोत बनिरह्यो । जीवनमा जुनकुनै उतारचढावमा पनि तपाईंहरुसँग बिताएका ती दिनहरु कहिल्यै विस्मृतिमा गएनन्”–प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उहाँका उपस्वकीय सचिव मनहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहालले आफू कठिन अवस्थामा प्रधानमन्त्रीमा निर्वाचित भएको भन्दै आफ्नो कार्यकाल उपलब्धिपूर्ण कामका लागि खर्चने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आरुघाटवासीले उठाएका मागमा आफू संवेदनशील भएको भन्दै आफ्नातर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्रीलाई आरुघाटवासीले सामूहिक बधाई तथा शुभकामना दिँदै सफल कार्यकालका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

भेटमा नेकपा ९माओवादी केन्द्र० का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पूर्व पर्यटनमन्त्री रामकुमार श्रेष्ठ, सांसद छमबहादुर गुरुङलगाययत सहभागी हुनुहुन्थ्यो । रासस