Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

एमसिसीको तानातान बिच पश्चिमी देशका दूतावास किन भित्रिए लैनचौर ?

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>फागुन ११, काठमाडौँ । हिजो बिहान काठमाडौंस्थित पश्चिमा राष्ट्रका कूटनीतिज्ञहरुको आकस्मिक जमघटले नयाँ परिस्थितिको संकेत गरेको छ । बिकास,अन्तर्राष्ट्रिय सहयोग र प्रजातन्त्रका नाममा हुने यस्ता भेला कोविरुध्द लक्ष्यित होला,अनुमान लगाउन गाह्रो छैन । उक्त जमघटको नेतृत्व भने बेलायती राजदूतावासले गरेको हो ।<br></p><p>अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदमा टेबुल भएको र भोलिको संसद बैठकबाट अघि बढाउने घनिभूत तयारी भइरहँदा आयोजित पश्चिमा कूटनीतिज्ञहरुको भेलालाई अर्थपूर्ण मानिएको छ । लैनचौरस्थित बेलायती दूतावासमा हिजो बिहान १० बजेदेखि झण्डै साढे दुई घण्टा उनीहरुबीच सहभोजन र गहन छलफल भएको परराष्ट्र स्रोतले पुष्टि गरेको छ ।</p><p>छलफलमा अमेरिकी राजदूत र्याण्डी बेरी,युरोपियन युनियनकी राजदूत नोना डेप्रज,स्विटजरल्याण्डकी राजदुत एलिजाबेथ भोन क्याप्लर, नर्वेजियन राजदूत टोरुन ड्रम्डल, अष्ट्रेलियन राजदूत पीटर बड, संयुक्त राष्ट्रसंघका लागि नेपाल प्रमुख सारा बेसोलो नान्ती,जर्मन दूतावासका डिसिएमलगायत १० वटा कूटनीतिक निकायको प्रतिनिधित्व रहेको बताइन्छ ।</p>