९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच संघर्ष चलिरहेको छ- प्रचण्ड

११ फाल्गुन २०७८, बुधबार ०९:३९

फागुन ११, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल प्रचण्डले अहिले नेपालमा क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच संघर्ष चलिरहेको टिप्पणी गरेका छन् ।

अध्यक्ष प्रचण्डले विश्व इतिहासलाई नेपालसँग जोड्दै हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दुर कोशिस गर्ने बताएका छन् । 

अध्यक्ष प्रचण्डको अफिसियल फेसबुक पेजमा एक कभर फोटो सेयर गर्दै प्रचण्डले लेखेका छन्, ‘विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दुर कोशिस गर्छन् । अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच संघर्ष चलिरहेको छ ।’

अमेरिकी सहयोग परियोजना (एमसिसी) संसदमा टेबल भएपछि सत्ता गठबन्धन धर्मराइरहँदा प्रचण्डले आफूहरूविरुद्ध कैयन षडयन्त्र रचिएको बताएका छन् । 

उनले भनेका छन्, ‘उनीहरूले कैयन षडयन्त्र रचिरहेका र भ्रम छरिरहेका छन् । तर, हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौं ।’

अध्यक्ष प्रचण्ड बेला बेलामा क्रान्ति र प्रतिक्रान्ति शब्दहरू जोडेर अर्थपूर्ण अभिव्यक्ति दिइरहेका हुन्छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा कांग्रेससँगको गठबन्धन जोगाउन माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरूको दौडधुप छ । 

उता, प्रधानमन्त्री ओली जसरी पनि अब बस्ने संसदबाट एमसिसी पास गराउने रणनीति स्वरूप भेटघाट तीव्र बनाएका छन् । 

प्रधानमन्त्री देउवालाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली हिजोमात्रै बालुवाटार पुगेका थिए । बालुवाटारमा भएको छलफलमा एमसिसी पास गर्न देउवाले सघाउन आग्रह गरेको एमाले नेताहरूले बताएका थिए । 

यद्यपि आफूहरूको माग सम्बोधन नभई कुनै सहयोग नगर्ने ओलीका स्वकीय सचिव रामशरण बजगाईंले बताएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु