९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमसीसी छलफल हुने बैठक भोलिसम्मका लागि स्थगित

१२ फाल्गुन २०७८, बिहीबार ०८:२७

फागुन १२, काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ। अमेरिकी सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीमाथि छलफल हुने कार्यसूची भए पनि सहमतिका लागि भन्दै भोलिसम्मका लागि बैठक स्थगित भएको हो। प्रतिनिधिसभाको अर्को बैठक भोलि १ बजे बस्ने तय भएको छ।

सत्तारुढ र प्रतिपक्ष दलहरुसँग सहमतिको प्रयास भइरहेको भन्दै सरकार पक्षले नै कार्यव्यवस्था समितिमा आजको बैठक रोक्न प्रस्ताव राखेको थियो। प्रधानमन्त्री शेरबहादुरको देउवाको आग्रहमा आजको बैठक स्थगित भएको हो। 

फागुन ८ गते प्रतिनिधि सभामा एमसीसी टेबल भएको थियो। आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटेका थिए। उक्त भेटमा प्रचण्डले केही समय देउवालाई धैर्य गर्न आग्रह गरेको बताइन्छ।

त्यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि प्रचण्डको भेट भएको थियो। माओवादी र समाजवादीले एमसीसीको विपक्षमा उभिने निर्णय गरिसकेका छन् भने कांग्रेसले पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ। देउवाले पछिल्लो समय प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहकार्य गर्नका लागि संवादलाई तिब्र बनाएका छन्। मंगलवार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटार बोलाएर देउवाले भेटेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु