पढ्न करिब 1 मिनेट लाग्छ

फागुन १२, काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसिसीबारे प्रतिनिधिसभा बैठकमा छलफल हुने भएपछि प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले बानेश्वरमा लाठीचार्ज गरेको छ ।

बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबीच मुठभेट भएको छ । प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पार्न पानीको फोहोरा र अश्रु ग्यास प्रहार गरेको छ । यसअघिको बैठकमा प्रतिनिधिसभामा टेबल भएको एमसिसी सम्झौताबारे आजको प्रतिनिधिसभा बैठकमा छलफल हुने भनिएको थियो ।

एमसिसीबारे छलफलमा सहभागी हुन प्रत्येक सांसदलाई ५ मिनेटको समय दिने तयारी थियो । तर, अन्तिम समयमा आएर आजको प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ ।