९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘हामीले छिमेकका मित्रलाई रुष्ट बनाएर टाढाका मित्रलाई इष्ट बनायौं भने हामी भलाइ हुँदैन ’-नेता खनाल

१३ फाल्गुन २०७८, शुक्रबार १०:५४

फागुन १३, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) नेता झलनाथ खनालले छिमेका मित्रहरुलाई चिढाएर देशको भलो नहुने बताएका छन् । शुक्रबार एकीकृत समाजवादीले एमसीसीविरुद्ध आयोजना गरेको खबरदारी कार्यक्रममा खनालले भने, ‘हामीले छिमेकका मित्रलाई रुष्ट बनाएर टाढाका मित्रलाई इष्ट बनायौं भने हामी भलाइ हुँदैन ।’

खनालले छिमेकी रुसको संवेदनशिलता ख्याल नगर्दा युक्रेन अहिलेको हालतमा पुगेको भन्दै खनालले नेपाल पनि तटस्थ नबस्दा त्यस्तै हुने खतरा रहेको टिप्पणी गरे। ‘रुसको अत्यन्तै संवेदनशिल छिमेकी युक्रेनले पश्चिमा देशको पछि लागेर रुसको संवेदनशितलामा हेलचेक्र्याइँ गर्‍यो,’ खनालले भने, ‘त्यहाँको राष्ट्रिय सुरक्षामा चुनौती दिने काम गर्‍यो । र, अहिले यो दुरदशा खेप्नुपर्‍यो । हामी तटस्थ रहन्छौं भनेको भए अहिले यस्तो हुँदैनथ्यो ।’

खनालले एमसीसी ल्याउन आफूले चिठी लेखेको भनेर प्रचार गरिएको भन्दै आपत्ति प्रकट गरे। ‘झलनाथ खनालले चिठी लेखेर एमसीसी बोलाएको हो भनेर केही मुर्ख र पूर्वाग्रहीले प्रचार गरिरहेका छन्,’ खनालले भने, ‘त्यो सतप्रतिशत झुट हो । म सरकार हुँदा एमसीसीबारे त्यस्तो केही कुरा भएको छैन । हामीले एसमीसीलाई अगाडि बढाउने एउटा कदम पनि चालिएको होइन ।’

शुक्रबार पोखरामा आयोजित पार्टी कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसी नेपालमा ल्याउन झलनाथ खनालले चिठी लेखेर निवदेन हालेको दाबी गरेका थिए। खनालले आफ्नो सरकार त्यस्तो हैसियतमै नरहेको बताए। ‘हाम्रो सरकार त्यो हेसियतमै थिएन,’ उनले भने, ‘म मेरो सरकारलाई दुई कार्यभार पूरा गर्नुपर्ने छ भन्थे । एउटा संविधान निर्माण, अर्को शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने । म जति सरकारमा बसेँ, त्यही गरेँ ।’

खनालले आफूले एमसीसी ल्याउन चिठी लेखेको दस्तावेज ल्याएर आउनसमेत चुनौती दिए । उनले भने, ‘डा. बाबुराम भट्टराईको पालाबाट चिठी लेखेर सुरू भएको कुरा घामजत्तिकै छर्लङ्ग छ । मेरो पालाबाट सुरू भएको भए त्यस्तो दस्तावेज ल्याएर आउन चुनौती दिन्छु ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु