९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झापामा ‘यलम्बर र रेडपान्डा’को प्रतिमा अनावरण

१६ फाल्गुन २०७८, सोमबार ०६:२१

फागुन १६, काठमाडौँ । झापाको माईजोगमाई गाउँपालिकामा रेडपान्डा र किराँतको प्रथम राजा यलम्बरको प्रतिमाको अनावरण गरिएको छ । 

गाउँपालिकाको केन्द्र मानिएको नयाँ बजारमा एक कार्यक्रमबीच रेडपान्डा र यलम्बरको प्रतिमाको अनावरण गरिएको हो । रेडपाण्डा विश्वमै लोपउन्मुख सूचीमा छ । किराँतको प्रथम राजा यलम्बरको प्रतिमाको अनावरण गरिएको छ । रेडपाण्डा सोही गाउँपालिकाका विभिन्न क्षेत्रमा पाइन्छ । 

लजालु स्वभावको रेडपान्डाको बासस्थान सोही गाउँपालिकाका जङ्गलमा भएकाले पनि सो स्थानमा रेडपान्डाको चिनारी देखाउन आवश्यक रहेको गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईले बताउनुभयो । 

माईजोगमाई गाउँपालिकाको चिनारीका रुपमा रहेको रेडपान्डा बजारको चोकमा राखिएको उहाँले बताउनुभयो । यलम्बर राजाको सम्झनामा नयाँबजारमा रहेका किराँतको शाकेला थानमा यलम्बर राजा घोडामा चडेको प्रतिमाको एकसाथ गाउँपालिका अध्यक्ष राइले अनावरण गर्नुभएको हो । प्रतिमा अनावरण गर्दै अध्यक्ष राईले यी दुई चिनारीले गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु