पढ्न करिब 1 मिनेट लाग्छ

फागुन १७, काठमाडौँ । महाशिवरात्रिका अवसरमा गृहमन्त्री बालकृष्ण खाँड पशुपतिनाथ मन्दिर जानुभई पूजा आराधना एवं दर्शन गर्नुभएको छ ।

पूजा आराधना एवं दर्शनका लागि गृहमन्त्री खाँड बिहान पशुपतिनाथ जानुभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पूजा आराधनापछि उहाँले पशुपति क्षेत्रको सुरक्षा अवस्थाका बारेमा पनि जानकारी लिनुभएको थियो । महाशिवरात्रिका अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।

बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरमा भक्तजन आएका थिए । तीन बजेदेखि नै पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गरिएको थियो । आज रातिसम्म दर्शन गर्न चाहने भक्तजनका लागि पशुपतिनाथ मन्दिर खुला गरिने कोषले जनाएको छ ।

महाशिवरात्रिका अवसरमा साढे १२ बजेसम्म करिब साढे तीन लाख भक्तजनले दर्शन गरिसकेका छन् । आज करिब १० लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरी पूजा आराधना एवं दर्शन गर्ने गरी व्यवस्था मिलाइएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।