२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महाशिवरात्रि पर्वः भन्टाको भार बेचेरै मनग्गे आम्दानी

२०७८, १७ फाल्गुन मंगलवार ०८:३९

फागुन १७, महोत्तरी । भङ्गाहा नगरपालिका–५ सिद्धपुरस्थित एतिहासिक सिद्घनाथ महादेव मन्दिरमा भन्टाको भार चढाउनेको भीड लागेको छ । अन्य समय पनि चढाउँछन् तर महाशिवरात्रिका बेला भने मन्दिरमा क्विन्टलका क्विन्टल भन्टा चढाइने गरिएको हो । 

चर्मरोग रोग निको भएपछि भाकलअनुसार मन्दिरमा भान्टा चढाउने परम्परा छ । त्यसैले महाशिवरात्रि पर्व गरिबका लागि आय आर्जन गर्ने अवसर पनि भएको छ । पर्वमा बेलपत्र, धतुराको  फुल र फल तथा भन्टाको भार (बाँसको मोटो कप्टेरोमा दुईतिर एक/एकवटा भन्टा उनेर बनाइएको शिवजीलाई चढाइने भाकल सामग्री) बेचेर नै गरिबले राम्रो आम्दानी गर्ने गरेका हुन् । बेलपत्र, धतुराको  फुल र फल आफैंले बिनामूल्य सङ्कलन गरेर ल्याइने भए पनि भार बनाउने भन्टाका लागि भने केही मूल्य दिनुपर्ने यी साना पूजा सामग्री पसलेको भनाइ छ । 

पर्वविशेषमा भन्टाको भार भाकल गरेका श्रद्धालुले मागेजति मूल्य दिएपछि शिवालय परिसर पुगेका किसानले राम्रो आम्दानी गरेका छन् । जिल्लाको भङ्गाहा नगरपालिका–५ सिद्धपुरस्थित श्री सिद्घनाथ महादेव मन्दिर परिसरमा पर्वको अवसरमा भन्टाको भार बेचेर आफुहरुले आज मध्यान्हभित्रै रु २० हजारभन्दा बढी आम्दानी गरेको भङ्गाहा–४ पलार बस्तीकी पल्टी सर्दार बाँतरले बताउनुभयो । भारमा दुईवटा भन्टा र एउटा बाँसको कप्टेरो भएपुग्ने र पर्वको महत्वले राम्रो मूल्यमा बिक्री भएपछि महाशिवरात्रि पर्वमा राम्रो रकम सञ्चय गर्न सकिएको उहाँको भनाइ छ । 

भन्टा उत्पादन गर्ने किसानले पनि अहिले पर्वका अवसरमा बजार पाएका छन् । भाकल सामग्रीमा श्रद्धालुले खास मोलमोलाई नगरेपछि यसको बिक्रीबाट राम्रो आम्दानी हुने गरेको हो ।  सिद्घनाथ महादेव मन्दिर परिसरमा पछिल्ला १० वर्षयता आफुले लगातार भन्टाको भार बेच्दै आएको बताउने भङ्गाहा–४ का किसान सत्यनारायण यादवले यो पर्व आफ्ना लागि राम्रो आम्दानीको जोहो गर्ने अवसर हुँदै आएको छ भन्नुभयो । 

 सिद्धनाथ महादेव मन्दिरमा महाशिवरात्रिका दिन चर्मरोगीले रोग निको होस्भन्दै बितेको वर्ष भन्टाको भार चढाउने भाकल गर्ने गर्छन् । यसैले वर्सेनि पर्वमा भन्टाको भारको निकै बिक्री हुने भएकाले यो अवसर आफ्ना लागि राम्रो आर्जन गर्ने अवसर रहँदै आएको भन्टा उत्पादक किसान र भार बनाउने साना व्यापारी बताउँछन् । जिउ चिलाउने, खटिरा आउने, दाद र लुतोसहितका स्वास्थ्य समस्या भएकाले भन्टा खान नहुने आम बुझाइ र स्वास्थ्यकर्मीले पनि सुझाउने गरेका छन् । 

पर्वका दिन यसलाई त्याग्ने सङ्कल्प गरेर रोग निकोहोस् भन्ने भाकल गरेपछि आफ्नो जिउ चिलाउने समस्या हराएको सो मन्दिरमा भाकल चढाउन आउनु भएकी जिल्लाकै मनराशिस्वा नगरपालिकाको जाउख बस्तीकी चन्द्रकला देवीले बताउनुभयो । पर्वको अवसरमा लाग्ने मेलामा भारबाहेक आफ््ना अन्य कृषि उपज प्रदर्शनी गर्नसमेत राम्रो अवसर पाइएको किसान बताउँछन् । 

मेलामा खासगरि मौसमी, बेमौसमी तरकारी बाली उत्पादनका नमूना प्रदर्शनी भएकाले आफ्ना उत्पादनबारे आम चासो बढेको भङ्गाहा–४ कै अर्का किसान रामबहादुर ठाकुरको भनाइ छ । यस्तै महाशिवरात्रि पर्वको अवसरमा बेलपत्र, धतुरोको फुल र फल बेचेर गरिब परिवारका किशोरकिशोरीले राम्रो आम्दानी गरेका छन् ।

भगवान शिवको प्रिय वस्तु मानिने बेलपत्र, धतुराको  फुल र फल शिवालयमा बेचेर यसपालीको महाशिवरात्रि पर्वमा रु १५ हजार कमाइएको जलेश्वरनाथ मन्दिर अगाडि भेटिएकी छिमेकको बस्ती अनकारकी १५ वर्षीया किशोरी अनारवती रायले बताउनुभयो । पर्वका अवसरमा जिल्लाका टुटेश्वरनाथ, जलेश्वरनाथ, मङ्गलनाथ, सिद्धनाथ, कामेश्वरनाथसहितका शिव मन्दिर परिसरमा बेलपत्र, धतुराको  फुल र फल बेच्न बस्ने बढीजसो किशोर उमेरका देखिएका छन् 

बलपत्र, धतुराको  फुल र फलमा पूँजी नलाग्ने र बेचेजति सबै मुनाफा भएकाले पछिल्ला तीन वर्षयता आफ्नो निजी खर्चको जोहो यसैबाट गर्ने गरेको जलेश्वरनाथ मन्दिर परिसरमा भेटिएकी १७ वर्षीया किशोरी पवनकली सादाको भनाइ छ । जिल्लामा खासगरी गरिब समुदायबीच महाशिवरात्री पर्व आफ्नो पूँजी नलगाएरै केही आर्जन गर्न भण्टा भार, बेलपत्र, धतुराको फल र  फुल बेच्ने काम खास महत्वको हुने गरेको छ । भन्टाको भार बनाउन कप्टेरा र भन्टामा थोरै पूँजी लागेपनि बेलपत्र, धतुराको  फुल र फल त्यसै खोजेर सङ्कलन गर्न सकिने भएकाले गरिबलाई महाशिवरात्रि पर्व खर्च जोहो गर्न सहयोगी हुने गरेको यो पेसा अँगालेकाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !