९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महाशिवरात्रि पर्वः भन्टाको भार बेचेरै मनग्गे आम्दानी

१७ फाल्गुन २०७८, मंगलवार ०८:३९

फागुन १७, महोत्तरी । भङ्गाहा नगरपालिका–५ सिद्धपुरस्थित एतिहासिक सिद्घनाथ महादेव मन्दिरमा भन्टाको भार चढाउनेको भीड लागेको छ । अन्य समय पनि चढाउँछन् तर महाशिवरात्रिका बेला भने मन्दिरमा क्विन्टलका क्विन्टल भन्टा चढाइने गरिएको हो । 

चर्मरोग रोग निको भएपछि भाकलअनुसार मन्दिरमा भान्टा चढाउने परम्परा छ । त्यसैले महाशिवरात्रि पर्व गरिबका लागि आय आर्जन गर्ने अवसर पनि भएको छ । पर्वमा बेलपत्र, धतुराको  फुल र फल तथा भन्टाको भार (बाँसको मोटो कप्टेरोमा दुईतिर एक/एकवटा भन्टा उनेर बनाइएको शिवजीलाई चढाइने भाकल सामग्री) बेचेर नै गरिबले राम्रो आम्दानी गर्ने गरेका हुन् । बेलपत्र, धतुराको  फुल र फल आफैंले बिनामूल्य सङ्कलन गरेर ल्याइने भए पनि भार बनाउने भन्टाका लागि भने केही मूल्य दिनुपर्ने यी साना पूजा सामग्री पसलेको भनाइ छ । 

पर्वविशेषमा भन्टाको भार भाकल गरेका श्रद्धालुले मागेजति मूल्य दिएपछि शिवालय परिसर पुगेका किसानले राम्रो आम्दानी गरेका छन् । जिल्लाको भङ्गाहा नगरपालिका–५ सिद्धपुरस्थित श्री सिद्घनाथ महादेव मन्दिर परिसरमा पर्वको अवसरमा भन्टाको भार बेचेर आफुहरुले आज मध्यान्हभित्रै रु २० हजारभन्दा बढी आम्दानी गरेको भङ्गाहा–४ पलार बस्तीकी पल्टी सर्दार बाँतरले बताउनुभयो । भारमा दुईवटा भन्टा र एउटा बाँसको कप्टेरो भएपुग्ने र पर्वको महत्वले राम्रो मूल्यमा बिक्री भएपछि महाशिवरात्रि पर्वमा राम्रो रकम सञ्चय गर्न सकिएको उहाँको भनाइ छ । 

भन्टा उत्पादन गर्ने किसानले पनि अहिले पर्वका अवसरमा बजार पाएका छन् । भाकल सामग्रीमा श्रद्धालुले खास मोलमोलाई नगरेपछि यसको बिक्रीबाट राम्रो आम्दानी हुने गरेको हो ।  सिद्घनाथ महादेव मन्दिर परिसरमा पछिल्ला १० वर्षयता आफुले लगातार भन्टाको भार बेच्दै आएको बताउने भङ्गाहा–४ का किसान सत्यनारायण यादवले यो पर्व आफ्ना लागि राम्रो आम्दानीको जोहो गर्ने अवसर हुँदै आएको छ भन्नुभयो । 

 सिद्धनाथ महादेव मन्दिरमा महाशिवरात्रिका दिन चर्मरोगीले रोग निको होस्भन्दै बितेको वर्ष भन्टाको भार चढाउने भाकल गर्ने गर्छन् । यसैले वर्सेनि पर्वमा भन्टाको भारको निकै बिक्री हुने भएकाले यो अवसर आफ्ना लागि राम्रो आर्जन गर्ने अवसर रहँदै आएको भन्टा उत्पादक किसान र भार बनाउने साना व्यापारी बताउँछन् । जिउ चिलाउने, खटिरा आउने, दाद र लुतोसहितका स्वास्थ्य समस्या भएकाले भन्टा खान नहुने आम बुझाइ र स्वास्थ्यकर्मीले पनि सुझाउने गरेका छन् । 

पर्वका दिन यसलाई त्याग्ने सङ्कल्प गरेर रोग निकोहोस् भन्ने भाकल गरेपछि आफ्नो जिउ चिलाउने समस्या हराएको सो मन्दिरमा भाकल चढाउन आउनु भएकी जिल्लाकै मनराशिस्वा नगरपालिकाको जाउख बस्तीकी चन्द्रकला देवीले बताउनुभयो । पर्वको अवसरमा लाग्ने मेलामा भारबाहेक आफ््ना अन्य कृषि उपज प्रदर्शनी गर्नसमेत राम्रो अवसर पाइएको किसान बताउँछन् । 

मेलामा खासगरि मौसमी, बेमौसमी तरकारी बाली उत्पादनका नमूना प्रदर्शनी भएकाले आफ्ना उत्पादनबारे आम चासो बढेको भङ्गाहा–४ कै अर्का किसान रामबहादुर ठाकुरको भनाइ छ । यस्तै महाशिवरात्रि पर्वको अवसरमा बेलपत्र, धतुरोको फुल र फल बेचेर गरिब परिवारका किशोरकिशोरीले राम्रो आम्दानी गरेका छन् ।

भगवान शिवको प्रिय वस्तु मानिने बेलपत्र, धतुराको  फुल र फल शिवालयमा बेचेर यसपालीको महाशिवरात्रि पर्वमा रु १५ हजार कमाइएको जलेश्वरनाथ मन्दिर अगाडि भेटिएकी छिमेकको बस्ती अनकारकी १५ वर्षीया किशोरी अनारवती रायले बताउनुभयो । पर्वका अवसरमा जिल्लाका टुटेश्वरनाथ, जलेश्वरनाथ, मङ्गलनाथ, सिद्धनाथ, कामेश्वरनाथसहितका शिव मन्दिर परिसरमा बेलपत्र, धतुराको  फुल र फल बेच्न बस्ने बढीजसो किशोर उमेरका देखिएका छन् 

बलपत्र, धतुराको  फुल र फलमा पूँजी नलाग्ने र बेचेजति सबै मुनाफा भएकाले पछिल्ला तीन वर्षयता आफ्नो निजी खर्चको जोहो यसैबाट गर्ने गरेको जलेश्वरनाथ मन्दिर परिसरमा भेटिएकी १७ वर्षीया किशोरी पवनकली सादाको भनाइ छ । जिल्लामा खासगरी गरिब समुदायबीच महाशिवरात्री पर्व आफ्नो पूँजी नलगाएरै केही आर्जन गर्न भण्टा भार, बेलपत्र, धतुराको फल र  फुल बेच्ने काम खास महत्वको हुने गरेको छ । भन्टाको भार बनाउन कप्टेरा र भन्टामा थोरै पूँजी लागेपनि बेलपत्र, धतुराको  फुल र फल त्यसै खोजेर सङ्कलन गर्न सकिने भएकाले गरिबलाई महाशिवरात्रि पर्व खर्च जोहो गर्न सहयोगी हुने गरेको यो पेसा अँगालेकाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु