Skip to content
Friday, July 17, 2026 Nepali Online Media

विदेशका जेलमा ८६३ नेपाली

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भदौ १२, काठमाडौं | पुष्पकमल दाहाल प्रधानमन्त्री भएको साता साउदी अरबको हायल जेलमा रहेका काभ्रेका रामचन्द्र तिमल्सिनाको जीवन रक्षाका लागि भन्दै चन्दा संकलन सुरू भयो । मदिरा सेवन गरी तिमल्सिनाले चलाएको गाडी दुर्घटना हुँदा पाकिस्तानी नागरिकको ज्यान गएको थियो । त्यसमा तिमल्सिनालाई दोषि ठहर गर्दै अदालतले ब्लडमनीवापत पीडित परिवारलाई ३ लाख साउदी रियाल झन्डै ८७ लाख रूपैयाँ दिनुपर्ने फैसला सुनाएको थियो ।

नेपाली दूतावासले पठाएको प्रतिनिधि र पीडित पक्षबीच भएको छलफलमा एक लाख २० हजार रियाल तिर्नुपर्ने सम्झौता भएपछि एनआरएन साउदीले रकम संकलन सुरू गरेको थियो ।

यसको चौतर्फी चर्चा हुन थालेपछि प्रधानमन्त्री दाहालले खाडीको जेलमा रहेका नेपालीको यथार्थ बुझ्न चाहे । परारष्ट्र सचिव शंकर वैरागीलाई प्रधानमन्त्रीले सोधे- विदेशका कुन देशमा कति नेपाली जेलमा छन् ? त्यसै अनुसार बढी नेपाली जाने देशमा दूतावासले जेलमा रहेका नेपालीको तथ्यांक अपडेट गरिरहेको छ ।

खाडीको जेलमा श्रम मामलाको विवादसँग जोडिएका नेपाली मात्रै छैनन् । फौजदारी मुद्दाका संवेदनशिल अभियोगमा पनि वर्षौदेखि थुनिएका छन् । खाडीका दूतावासहरूले पछिल्लो समय तयार पारेको प्रतिवेदनअनुसार एक हजारभन्दा बढी नेपाली जेलमा छन् । जसमा ८६३ फौजदारी अभियोगमा जोडिएका छन् । बाँकी करिब दुई सय नेपाली घर फिर्ति केन्द्रमा नेपाल आउने दिनको कुराइमा छन् । – कान्तिपुर दैनिक