भदौ १२, काठमाडौं | पुष्पकमल दाहाल प्रधानमन्त्री भएको साता साउदी अरबको हायल जेलमा रहेका काभ्रेका रामचन्द्र तिमल्सिन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १२, काठमाडौं | पुष्पकमल दाहाल प्रधानमन्त्री भएको साता साउदी अरबको हायल जेलमा रहेका काभ्रेका रामचन्द्र तिमल्सिन"/>
२३ मंसिर २०८२, सोमबार
काठमाडौँ - KTM

विदेशका जेलमा ८६३ नेपाली

१२ भाद्र २०७३, आईतवार ०२:३१

भदौ १२, काठमाडौं | पुष्पकमल दाहाल प्रधानमन्त्री भएको साता साउदी अरबको हायल जेलमा रहेका काभ्रेका रामचन्द्र तिमल्सिनाको जीवन रक्षाका लागि भन्दै चन्दा संकलन सुरू भयो । मदिरा सेवन गरी तिमल्सिनाले चलाएको गाडी दुर्घटना हुँदा पाकिस्तानी नागरिकको ज्यान गएको थियो । त्यसमा तिमल्सिनालाई दोषि ठहर गर्दै अदालतले ब्लडमनीवापत पीडित परिवारलाई ३ लाख साउदी रियाल झन्डै ८७ लाख रूपैयाँ दिनुपर्ने फैसला सुनाएको थियो ।

नेपाली दूतावासले पठाएको प्रतिनिधि र पीडित पक्षबीच भएको छलफलमा एक लाख २० हजार रियाल तिर्नुपर्ने सम्झौता भएपछि एनआरएन साउदीले रकम संकलन सुरू गरेको थियो ।

यसको चौतर्फी चर्चा हुन थालेपछि प्रधानमन्त्री दाहालले खाडीको जेलमा रहेका नेपालीको यथार्थ बुझ्न चाहे । परारष्ट्र सचिव शंकर वैरागीलाई प्रधानमन्त्रीले सोधे- विदेशका कुन देशमा कति नेपाली जेलमा छन् ? त्यसै अनुसार बढी नेपाली जाने देशमा दूतावासले जेलमा रहेका नेपालीको तथ्यांक अपडेट गरिरहेको छ ।

खाडीको जेलमा श्रम मामलाको विवादसँग जोडिएका नेपाली मात्रै छैनन् । फौजदारी मुद्दाका संवेदनशिल अभियोगमा पनि वर्षौदेखि थुनिएका छन् । खाडीका दूतावासहरूले पछिल्लो समय तयार पारेको प्रतिवेदनअनुसार एक हजारभन्दा बढी नेपाली जेलमा छन् । जसमा ८६३ फौजदारी अभियोगमा जोडिएका छन् । बाँकी करिब दुई सय नेपाली घर फिर्ति केन्द्रमा नेपाल आउने दिनको कुराइमा छन् । – कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो