२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्माण व्यवसायलाई स्वच्छ र गुणस्तरीय बनाइनुपर्छ : प्रधानमन्त्री

२०७८, २७ फाल्गुन शुक्रबार १०:३०

फागुन २७, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र निर्माणको मेरुदण्डको रुपमा रहेको निर्माण उद्योगलाई स्वच्छ, व्यावसायिक र गुणस्तरीय बनाइनुपर्ने खाँचो औँल्याउनुभएको छ ।

नेपाल निर्माण व्यवसायी महासङ्घको २३ औँ साधारण सभा एवं १२ औँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले मुलुकको दिगो विकासका लागि आधुनिक र गुणस्तरीय पूर्वाधारको निर्माण आवश्यक रहेको बताउनुभएको हो । 

प्रधानमन्त्री देउवाले भौतिक पूर्वाधारको विकास एवम् विस्तारबाट मात्र देशको समृद्धि सम्भव भएको बताउनुभयो । उहाँले भन्नुभयो, “भौतिक पूर्वाधारको विकास बिना मुलुकको समग्र विकास सम्भव छैन र, त्यो निर्माण व्यवसायीबाट मात्रै सम्भव छ । भौतिक निर्माणको उद्योगलाई अझ व्यावसायिक र प्रतिस्पर्धी बनाउनुस्, यसका लागि सहकार्य गर्न सरकार तत्पर छ । ”

प्रधानमन्त्री देउवाले निर्माण व्यवसाय मुलुकमा पूर्वाधार निर्माण तथा रोजगारी सिर्जना गर्ने अग्रणी व्यवसाय भएकाले यसमा आबद्ध व्यवसायी आफ्नो व्यवसायप्रति सदैव गम्भीर र जिम्मेवार हुन आवश्यक छ भन्नुभयो । उहाँले निर्माण व्यवसायमा स्वच्छ प्रतिस्पर्धालाई प्रवद्र्धन गर्दै मुलुकमा लागत किफायती र गुणस्तरीय निर्माणलाई सुनिश्चित गर्न सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

मुलुकमा कृषिपछि सबैभन्दा बढी रोजगारीको अवसर सिर्जना गर्ने निर्माण क्षेत्रको स्वच्छ र प्रतिस्पर्धी विकासबाट नै मुलुकको द्रुततर आर्थिक विकास सम्भवन हुने प्रधानमन्त्रीको भनाइ छ । 

एमसिसी समझौताबाट फाइदा लिन सुझाव

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माण व्यवसायीको मागबमोजिम नै निर्माण उद्योगलाई समृद्ध बनाउन सार्वजनिक खरिद नियमावलीको एघारौँ संशोधन मन्त्रिपरिषद्ले पारित गरेको बताउनुभयो । 

मुलुकको विकासमा निर्माण व्यवसायीले गरेको योगदानको प्रशंसा गर्दै उहाँले भन्नुभयो, “गुणस्तरीय निर्माण उद्योग निर्माणका लागि व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्न सरकार तयार छ । समस्याको नीतिगत प्रक्रियाबाट समाधान गरिन्छ ।” 

                                                 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु