२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंको मेयर बन्ने प्रस्तावमा बाबुरामले भने- गजबले मिल्छ

२०७८, ८ चैत्र मंगलवार ०६:५८

चैत ८, काठमाडौँ । स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै देशको संघीय राजधानी भएको काठमाडौं महानगरपालिका प्रमुखको उम्मेद्‍वारबारे चर्चा चल्न थालेको छ । सबै पार्टीमा सम्भावित उम्मेदवारको चर्चा जारी छ । सबै पार्टीमा सम्भावित उम्मेदवारको चर्चा जारी छ । निर्धारित मितिअनुसार स्थानीय तहको चुनाव हुन अब ५५ दिन बाँकी छ । काठमाडौंको मेयरका लागि केन्द्रदेखि जिल्ला तहका नेताहरुले आ-आफ्नो पार्टीभित्र लबिङ तीब्र पारेका छन् ।

पार्टीदेखि मात्रै होइन, स्वतन्त्र उम्मेद्वारको पनि चर्चा चलिरहेको छ । चर्चित र्‍यापर बालेन शाहले आगामी स्थानीय तहको निर्वाचनमा महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । त्यस्तै अभिनेता राजेश हमालले काठमाडौं महानगरपालिकाको मेयर बन्ने इच्छा व्यक्त गरेका थिए ।यसैबीच पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराईले आफू काठमाडौंको मेयरमा उठ्ने मिल्ने बताएका छन्।

एक ट्वीटर प्रयोगकर्ताले बाबुराम जस्ता आँट भएका व्यक्ति नआएसम्म काठमाडौंको विकास नहुने विचार व्यक्त गर्दै प्रधानमन्त्री भइसकेका व्यक्तिलाई मेयरको प्रस्ताव गर्न मिल्ला कि नमिल्ला भनेर प्रश्न गरेकी छन् ।

सम्झना नाम गरेकी ट्वीटर प्रयोगकर्ताले लेखेकी छन्– ‘बाबुराम भट्टराईलाई काठमाडौं महानगरको मेयर बनाउँदा कसो होला ? कहिलेकाहीँ म सडक हिँड्दा बाबुरामलाई सम्झिँन्छु, यदि उनले यो बाटो विस्तार गर्ने आँट नगरेको भए के हुन्थ्यो ? प्रधानमन्त्री बनेको मान्छे मेयरको कुरा गर्न नमिल्ला तर यो काठमाडौं बाबुराम जस्ता आँट भएका मान्छे न आइ बन्दै बन्दैन ।’

यसको जवाफ दिँदै पूर्वप्रधानमन्त्री भट्टराईले विश्वका विभिन्न देशमा प्रधानमन्त्री भइसकेका व्यक्तिहरू आफ्नो नगरको मेयर बनेका उदाहरण पनि पेस गरेका छन् । उनले फ्रान्सका पूर्वप्रधानमन्त्री इडुवार्ड फिलिप अहिले त्यहाँको ले हाभ्रे नगरको मेयर रहेको समेत बताएका छन् ।

भट्टराईले लेखेका छन्, ‘प्रधानमन्त्री भएको मान्छे मेयर बन्न गजबले मिल्छ । फ्रान्सका पूर्वप्रधानमन्त्री Edouard Philippe अहिले त्यहाँको Le Havre नगरका मेयर छन् । म सधैँ साथीहरूलाई भन्ने गर्छु जीवनमा जनताका लागि केही सार्थक काम गर्ने मन छ भने सांसद ताक्ने हैन आफ्नो पालिकाको प्रमुख /मेयर बन्नोस् । कसैले सुने पो । हाम्रो संस्कार जो छ ।’

                                       

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह