पढ्न करिब 1 मिनेट लाग्छ

भदौ १४, काठमाडौं | एमाले महासचिव ईश्वर पोखरेलले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई अन्तिम पासोमा पारेर ढालिएको बताएका छन् ।

एमाले स्कुल विभागले आयोजना गरेको एक साता लामो प्रशिक्षक प्रशिक्षण कार्यक्रममले पोखरेलले अध्यक्ष ओली नेतृत्वको सरकार सुगौली सन्धि यता गुम्दै आएको राष्ट्रिय स्वाभिमानलाई उचाईमा पुर्याउने गरी ‘ब्रेक’ गर्न खोज्दा ओली सरकार ढलेको उनको दावी छ ।

उनले भने, ‘परनिर्भरता अन्त्य गरेर मुलुकलाई आत्मनिर्भर तर्फ अघि बढाउन खोज्दा सरकार बनेदेखि नै शृंखलाबद्व पासो थापियो । ती सबै पासो असफल भए पनि अन्तिमको पासो चुँडाल्न नसक्दा नयाँ गठबन्धन बन्यो ।’

महासचिव पोखरेलले आफ्नै पार्टीभित्र रहेको तदर्थवादी कार्यशैलीप्रति आत्मलोचना गरेका छन् । – अन्नपूर्ण