१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गठबन्धन बैठक : महानगरको तालमेलको निर्णय केन्द्रबाटै, अन्यको स्थानीयबाट

१७ चैत्र २०७८, बिहीबार ०७:३५

चैत १७, काठमाडौँ । सत्तारुढ दलहरूले स्थानीय तह निर्वाचनमा महानगरपालिकाको तालमेलसम्बन्धी निर्णय केन्द्रबाटै गर्ने सहमति गरेका छन् । आज बालुवाटारमा बसेको गठबन्धनमा सहभागी दलको बैठकले महानगरको हकमा केन्द्रबाटै टुंग्याउने निर्णय गरिएको हो । 

महानगरबाहेक उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको हकमा भने तालमेल गर्ने अधिकार सम्बन्धित तहलाई नै दिइएको छ । चुनावी तालमेलसम्बन्धी निर्णय गर्न संयन्त्र बनाउने निर्णय पनि गठबन्धन नेताहरूले गरेका छन् । 

स्थानीय तह निर्वाचनमा एकताबद्ध भएर जाने सहमति समेत भएको बैठकमा सहभागि नेकपा एसका नेता झलनाथ खनालले जानकारी दिए । संयन्त्र बनाउने विषयमा अर्को बैठकमा छलफल हुने उनको भनाइ छ । 

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, झलनाथ खनाल, रामचन्द्र पौडेल, नारायणकाजी श्रेष्ठ, अशोक राई, पूर्णबहादुर खड्का, गगन थापा, दुर्गा पौडेल, राजेन्द्र श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता