भदौ १४, धरान | धरान– ८, अरुण टोल माइती घर भएकी २४ वर्षीया दिपा राई(लिम्बु) करिब दुई वर्ष कुवेत बसेर फर्किएकी थिइन्। घरेलु कामदारका रुपमा उनको कुवेत बसाइ सुखद् थिएन । तरपनि, घरेलु कामको अनुभव र अरबी भाषाको ज्ञानले गर्दा उनी पुनः वैदेशिक रोजगारीमै जान चाहिन्। Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १४, धरान | धरान– ८, अरुण टोल माइती घर भएकी २४ वर्षीया दिपा राई(लिम्बु) करिब दुई वर्ष कुवेत बसेर फर्किएकी थिइन्। घरेलु कामदारका रुपमा उनको कुवेत बसाइ सुखद् थिएन । तरपनि, घरेलु कामको अनुभव र अरबी भाषाको ज्ञानले गर्दा उनी पुनः वैदेशिक रोजगारीमै जान चाहिन्।
२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबई हिडेकी दिपा यसरी ओमन पुगिन्

१४ भाद्र २०७३, मंगलवार ०७:१५

भदौ १४, धरान | धरान– ८, अरुण टोल माइती घर भएकी २४ वर्षीया दिपा राई(लिम्बु) करिब दुई वर्ष कुवेत बसेर फर्किएकी थिइन्। घरेलु कामदारका रुपमा उनको कुवेत बसाइ सुखद् थिएन । तरपनि, घरेलु कामको अनुभव र अरबी भाषाको ज्ञानले गर्दा उनी पुनः वैदेशिक रोजगारीमै जान चाहिन्।

दिपा सुरक्षितरुपमा दुबई जाने योजनामा थिइन्। माइती घर नजिककी स्थानीय एजेन्ट गीता राईमार्फत उनी काठमाडौंकी विना राईको सम्पर्कमा पुगिन्। दिपाले आफ्नो पैसा खर्च गर्नुपरेन। सबै खर्च एजेन्टले नै जुटाइदियो। अगष्ट ७ तारिख दिपाले नयाँ मुलुकमा पाइला टेकिन्, तर त्यो मुलुक उनले चाहेको दुबई थिएन। एजेन्टले दिपालाई अवैधरुपमा ओमनमा पुर्याइदिए।

 पछिल्लो दिल्लीमा कडाई भएपछि दलालहरुले श्रीलंका ट्रान्जिट बनाएर नेपाली युवतीहरु अवैधरुपमा खाडी मुलुक पठाउने गरेका छन् ।

खासमा उनी मानव तस्करको चंगुलमा फसेर बेचिएकी हुन्। अहिले उनी बिहानै ५ बजे उठेदेखि राति डेढ बजेसम्म निरन्तर घरको काममा खटिनु परेको छ । न राम्रो खान पाउछिन्, न सुत्नै । सानो गल्तीमा पनि तथानाम गालीगलौज र दुव्र्यवहार सहनुपर्छ ।

त्यहाँबाट उद्दार गरेर घर फर्काउन भन्दै दिपाले फोन गरेदेखि उनको श्रीमान् र आफन्तजन पनि यतिबेला बेचैनीमा छन्। ‘दुबई जाने भनेर घरबाट हिडेको हो, तर ओमन पुर्याएछ। अस्ती १७ तारिख राति ३ बजे फोन गरेर मलाई कुटेर मार्न लाग्यो, नेपाल फर्काइदेऊ भन्यो’,दिपाका श्रीमान् अमिर लिम्बुले भने, ‘एजेन्टलाई फोन गरेर भने, अर्को घरमा सारिदिन्छु भन्यो।’

दिपाले अढाई बर्षको छोरा श्रीमान्को साथमा छोडेर केही कमाउने आशामा विदेश हिडेकी थिइन् । एजेन्टले उनलाई दुबईमा ‘नानी हेर्ने काम’ भनेको थियो । अरबी भाषाको राम्रो ज्ञान भएकोले समस्या नहुनेमा दिपा ढुक्क थिइन् । तर, ओमनमा पुगेपछि उनलाई भाषाको पनि समस्या भएको अमिरको भनाइ छ। परिवारजनका अनुसार गत असार २० गते(जुलाई ४) दिपा धरानदेखि काठमाडौंकी एजेन्ट विना राईको साथमा हिडेकी थिइन्। उनको साथमा अरु पनि थुप्रै युवतीहरु थिए ।

एजेन्टले दिपालाई पूर्वी नाका काकडभिट्टाबाट भारतको सिलगुडी पुर्याएपछि ट्रेनबाट दिल्ली पुर्याएको थियो। करिब १० दिनजति दिल्लीमा राखेपछि एजेन्टले पुनः प्लेनबाट श्रीलंका पुर्यायो। ‘श्रीलंकामा धेरै दिन राखेछ, दुबई जान नपाउने भयौं भनेर अनि ओमन पुर्याएछ’,दिपाकी मामाकी छोरी ममता राईले भनिन्,  ‘एजेन्टलाई फकाईदेऊ भन्दा मेरो भारु १ लाख २० हजार खर्च भएको छ, त्यो पैसा दियो भने मात्र फकाईदिन्छु भन्छ।’

आफ्नी श्रीमती सशुकल उद्दार गरी घर फकाईदिन भन्दै दिपाका श्रीमान् अमिरले सोमबार पौरखी नेपाल नामक संस्थामा निवेदन हालेका छन्। साथै उनले दुबई भन्दै गैरकानुनीरुपमा ओमन पठाइदिने एजेन्टद्वय गीता राई र विना राईलाई कानुनी कारबाही गर्न पनि माग गरेका छन्। पौरखीकी सचिव शारदा मास्केले दिपाको बिषयमा केन्द्रीय कार्यालयलाई सबै जानकारी दिएर पहल थालिएको बताइन्।

पौरखीका अध्यक्ष चेतना श्रेङका अनुसार पछिल्लो दिल्लीमा कडाई भएपछि दलालहरुले श्रीलंका ट्रान्जिट बनाएर नेपाली युवतीहरु अवैधरुपमा खाडी मुलुक पठाउने गरेका छन् । ‘दिल्लीमा नेपाली युवतीहरु धेरैदिन राख्दा प्रहरीले कडाई गरेपछि केही दिनमात्र राखेर श्रीलंका पुर्याउने गरेका छन्’,अध्यक्ष श्रेङले भनिन्, ‘श्रीलंकामा एउटा कोठामा कोचिएर राखेको बेला त्यही मान्छे हेर्न आउने र युवतीहरु छानेर लैजाने पनि गर्दाे रहेछ।’

दिपालाई लिएर जाने काठमाडौंकी एजेन्ट भारत गएको कारण सम्पर्क हुन सकेन । उनको धरानस्थित स्थानीय एजेन्ट गीता राईले भने दिपाले पहिल्यै दुबई एप्लाई गरेकोले जान नमिल्ने भएपछि ओमन पठाएको बताइन् ।

उनका अनुसार दिल्लीमा बसेर अर्को एक मान्छेले सबै सेटिङ मिलाउने गरेका छन्। ‘सेटिङ गर्दा लाग्ने खर्च सबै हामी लगानी गछौं, पछि काम भएपछि हाम्रो पैसा फिर्ता आउछ’, उनले भनिन्, ‘थुप्रै छरछिमेकीलाई पठाएको छौं, सबै भारत हुँदै गएको हो। दिपाको जस्तो समस्या भएको थिएन।’ दिल्लीबाट भिजिट भिषामा उडाउने र बेला बेला धेरै लफडा हुने गरेको पनि खुलाइन्। – रोहित राई (नागरिक न्युजबाट)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की