Skip to content
Friday, July 17, 2026 Nepali Online Media

अपराधी नउडाउने भन्दै फर्काइदियो इतिहाद एयरलाइन्सले

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ १५, काठमाडौं | गृह मन्त्रालयले निष्कासन (डिपोर्ट) गर्ने निर्णय गरेको एक पाकिस्तानी नागरिकलाई इतिहाद एयरलाइन्सले बोडिङ पास नदिई फर्काइदिएको छ।

निष्कासित यात्रुको उडानबारे अध्यागमन विभागले समयमै समन्वय नगरेको भन्दै इतिहादले ती पाकिस्तानीलाई फर्काइदिएको खबर आजको अन्नपूर्णमा छापिएको छ। विभागले भने सम्बन्धित एयरलाइन्सको टिकट खरिद गरिसकेको अवस्थामा कुनै यात्रुबारे जानकारी गराउन जरुरी नभएको दाबी गरेको छ।

चोरी मुद्दामा जेल सजाय भागेका पाकिस्तानी नागरिक राना गणेशबहादुरलाई विभागको सिफारिसमा गृह मन्त्रालयले एक वर्ष अवधिभर नेपाल आउन नपाउने गरी निष्कासन गर्ने निर्णय गरेको थियो ।

काठमाडौंबाट पाकिस्तानसम्म कुनै एयरलाइन्सको सीधा उडान नभएपछि गणेले काठमाडौंबाट आवुधाबी हुँदै इस्लामाबाद जाने टिकट लिएका थिए ।

इतिहाद एयरलाइन्सले आफूमाथि दुव्र्यवहार गरेको भन्दै गणेश अर्को एयरलाइन्सबाट पाकिस्तान जाने तयारीमा छन् । – अन्नपूर्ण पोष्ट