१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१३४ भोट ल्याउनेले मेयर दाबी गर्दैछन् : माधव नेपाल

३ बैशाख २०७९, शनिबार १३:३५

वैशाख ३, काठमाडौँ | नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा चुनावी तालमेल र सिट बाँडफाँडमा वास्तविकता नबुझी तलका कार्यकर्ताको मात्रै कुरा सुनेर निर्णय गरिए अप्ठेरो अवस्था आउन सक्ने बताएका छन् ।  शनिबार काठमाडौँमा पार्टी प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनभित्रकै दलहरूबीच वास्तविकताभन्दा बाहिर गएर दाबी गर्ने गरेकाले गाह्रो भएको बताएका हुन् । अध्यक्ष नेपालले गठबन्धनभित्र २०७४ मा एमालेले जितेका स्थानमा पहिलो हक लाग्ने पनि बताए । ‘२०७४ मा एमालेले जितेका स्थानमा हाम्रो पहिलो हक लाग्छ’नेपालको भनाइ छ । 

अध्यक्ष नेपालले पोखरा महानगरमा नेकपा एकीकृत समाजवादीले दावी गर्दैछ भनेपछि नकारात्मक टिप्पणी भएको भन्दै गठबन्धनको बैठकमा आफूले पोखराको तथ्य अघि सारेको बताए । उनले पोखरमा महानगरमा मात्रै आठ हजार सङ्गठित र क्रियाशील सदस्यहरू रहेको बताए । ‘अझै जनवर्गीय संगठनका सदस्य जोड्ने हो भने १२ हजार पुग्छ । अनि एकीकृत समाजवादीको केही अर्थ छैन भन्ने ?’, गठबन्धनका नेताहरूबाटै हुने टिप्पणीबारे नेपालले कटाक्ष गरे । 

अध्यक्ष नेपालले गत चुनावमा हालको गठबन्धनमा रहेको एउटा पार्टीले एउटा पालिकामा १३४ भोट पाएको तर अहिले सो पार्टीले पालिका प्रमुख दाबी गरेको चर्चा गरे । ‘एउटा सिङ्गो पालिकामा १३४ मत ल्याउनेले अहिले हाम्रो मेयर हुनुपर्छ भन्दो रहेछ । त्यसैले अलि गाहे छ’, अध्यक्ष नेपालको भनाइ छ । उनले गठबन्धनभित्र सिट तालमेल गर्ने कुरा गरिरहेको भन्दै वास्तविकता भन्दा पनि तलका कार्यकर्ताको कुरा सुनेर चल्ने स्थिति भयो भने अप्ठेरो हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल