Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सत्ता गठबन्धनको निर्णय अस्वीकार गरे कांग्रेस अछामका तीन पालिकाले

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कल्पना बोहरा । वैशाख ४, अछाम । सत्ता गठबन्धनले स्थानीय तहकाे निर्वाचनमा तालमेलकाे सहमति गरेपनि नेपाली कांग्रेस अछामका तीन पालिकाकाले अस्वीकार गरेका छन् ।

साँफेबगर नगरपालिका तथा रामारोशन र चौरपाटी गाउँपालिकाले चुनावमा तालमेल नगर्ने निर्णय गरेका छन् । नगर तथा गाउँकार्य समितिकाे बैठकले तालमेल नगर्ने निर्णय गरेका हुन् ।

कांग्रेस साफेबगर नगर सभापति लालबहादुर कुँवरले कांग्रेस बलियाे रहेकाे क्षेत्रमा तालमेल गरेर जान नसकिने बताए । उनले कांग्रेसकाे जनाधारकाे कदर हुनेगरी निर्णय लिइएकेा बताए ।

तीन पालिकामा कांग्रेस, माओवादी केन्द्र र  एकीकृत समाजवादीले दाबी गरिरहे पनि सहमति जुट्न सकेकाे थिएन  ।