१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोरखनाथ मन्दिरमा पुगेर भ्रष्टारचार गर्दिँन भनेर कसम खाएपछि मात्र मनोनयन दर्ता

११ बैशाख २०७९, आईतवार १२:३६

वैशाख ११, गोरखा | राप्रपा गोरखाले आफ्ना उमेद्वारहरुलाई भ्रष्टाचार गर्दिँन भनेर कसम खुवाएपछि मात्रै मनोनयन दर्ता गराउने भएको छ । 

भोलि बिहान गोरखाको गुरु गोरखनाथको मन्दिरमा लगेर आफ्ना उमेद्वारहरुलाई भ्रष्टाचार नगर्ने कसम खुवाएपछि मात्रै मनोनयन दर्ता गराउने पार्टीका उपाध्यक्ष तथा सचिवालय प्रमुख भीषण अर्यालले जानकारी दिए ।

उनले भने, ‘टिक लिने बेलामा पनि भ्रष्टाचार गर्दिँन भनेपछि मात्रै हामी दिन्छौँ । भोलि बिहान गोरखनाथको मन्दिरमा लगेर म यदी जनप्रतिनिधि पदमा जितेर आएँ भने भ्रष्टाचार गर्दिँन भनेर कसम खाएपछि मात्रै मनोनयन दर्ता गराउने तयारी गरेका छौँ ।’

उनका अनुसार भोलि विहान ९ बजे मन्दिरमा कसम खुवाउने कार्यक्रम छ । त्ययलगत्तै दिउँसो २ बजेसम्म मनोनयन दर्ता गराईसक्ने उनले बताए । 

‘चुमनुव्रीमा उमेद्वार भएपनि हामीले टिकट पुर्याउन सकेनौँ । अन्य ११ वटा स्थानीय तहमध्य सबैमा हाम्रा उमेद्वार रहनेछन् । उहाँहरु सबैले भोलीसम्म उमेद्वारी दर्ता गरिसक्नुहुन्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन सुनको मूल्य सामान्य घट्यो वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल