१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बागी उम्मेदवारी फिर्ता गराउन सात बुँदे निर्देशन, सिट बाँडफाँटबारे अझै समझदारी गर्ने

१४ बैशाख २०७९, बुधबार ०८:३९

वैशाख १४, काठमाडौं | पाँचदलीय गठबन्धनको बैठकले बागी उम्मेद्वारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । बुधबार बसेको गठबन्धन बैठकले ६ महानगर र ११ उपमहानगरमा गबन्धनको निर्णयविपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको हो । 

६ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धनको प्रदेश र जिल्ला संयन्त्रको बैठक आजै राखेर वडाका विभिन्न पदहरूमा गठबन्धनभित्रका दलहरुका बिचमा सिट बाँडफाँटको सम्झदारी गर्ने निर्णयसमेत गरेको छ । 

गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गराएका उम्मेदवारी फिर्ता गराउन सम्वन्धित दलले आवश्यक कार्य गर्नसमेत बैठकले निर्देशन दिएको छ । 

गठबन्धनका दलहरूका बीचमा सिट बाँडफाँटको समझदारी हुन नसकेका नगरपालिका, गाउँपालिका रतिनका वडाहरू आजै स्थानीय र प्रदेश सयन्त्रले समझदारीका लागि आवश्यक कार्य गर्ने निर्णयसमेत बैठकले गरेको छ । त्यसका लागि स्थानीय, जिल्ला र प्रदेश संयन्त्रले केन्द्रीय संयन्त्रसँग आवस्यक परामर्श र सहयोग लिनेछ । 

गठबन्धनभित्रका दलहरूले कुनै पनि तहमा गठबन्धनबाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने निर्णयसमेत बैठकले गरेको छ । 

बैठकमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,  एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र  राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन