Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

स्थानीय र पश्‍चिमी वायुकाे प्रभाव, पहाडी क्षेत्रमा वर्षाकाे सम्भावना

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख १५, काठमाडाैं | पहाडी भूभागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव छ । बिहान पहाडी भूभागमा आंशिक बदली  रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो बागमती र प्रदेश १ का पहाडी भूभागका थोरै स्थान र गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

राति गण्डकी र प्रदेश १ का पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको आँकलन गरिएकाे छ ।

शुक्रबार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा  मेघ गर्जन र चट्याङ सहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।