Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

११ र सात वर्षीया बालिकाको बलात्कार आरोपमा एक युवक पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>वैशाख १७, काठमाडौँ </b>| रुपन्देहीमा दुई बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।<br></p><p>११ र सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बुटवल उपमहानगरपालिका–३ बस्ने रोल्पाको लुङ्गी गाउँपालिका–४ घर भएका २० वर्षीय भूपेन्द्र पोखरेललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।</p><p>गएको चैत २१ गते पोखरेलले बालिकाहरूलाई बुटवल उपमहानगरपालिका–३, तिनाउ खोला बगरमा ललाइफकाइ जबरजस्ती करणी गरेको सूचनापछि इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।</p>