Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आईजीपी थापासहित १९ उच्च प्रहरी अधिकारी आजदेखि अवकाशमा

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख १८, काठमाडाैं | नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहित १९ जना उच्च प्रहरी अधिकारीले आइतबारबाट अनिवार्य अवकाश पाएका छन् । ३० वर्षे सेवाहदका कारण आइतबारदेखि अवकाश पाएका हुन् । १९ वैशाख २०४९ बाट प्रहरी सेवा सुरु गरेका आईजीपी क्षेत्रीसहित १९ जना प्रहरीको ३० वर्षे सेवाअवधि आइतबारबाट सकिएको छ ।

अवकास पाउनेहरूमा चारजना अतिरिक्त महानिरीक्षक (एआईजीप)हरू हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की र वसन्तकुमार पन्त छन् ।

त्यस्तै ११ जना डीआईजी घनश्याम अर्याल, ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की, शौरभ राणा, राजेन्द्रप्रसाद चौधरी, गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, डा. देवबहादुर बोहरा, रामकृपाल साह, उमेश रन्जितकार र प्रकाश अधिकारीले आइतबारबाट अनिवार्य अवकाश पाएका हुन् ।

तीन जना एसएसपीहरूले पनि आइतबारबाट अनिवार्य अवकाश पाएका छन् । जसमा वीरेन्द्र बस्याल, प्रदीपकुमार श्रेष्ठ र नवराज भट्ट रहेका छन् । प्रहरी प्रधान कार्यालयले आइतबार दिउँसो चार बजे आईजीपीको बिदाइ कार्यक्रम राखेको छ । सरकारले आइतबार नै नयाँ आईजीपी नियुक्त गर्दै छ ।