वैशाख १९, काठमाडौँ | नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। महानिरीक्षक नियुक्तिमा असहमति जनाउँदै अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले सर्वोच्चमा रिट निवेदन दिएका हुन्।
सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले महानिरीक्षक नियुक्तविरुद्ध रिट दर्ता भएको बताए । उनले भने, 'रिट निवेदन दर्ता भएको छ। बुधबारका लागि पेशी तोकिएको छ।'
रिट निवेदनमा पोखरेलले वरीयता मिचेर आईजीपी नियुक्ति निर्णय बदरको माग गरेका छन्। आफूभन्दा कनिष्टलाई आईजीपी बनाएको भन्दै एआईजी पोखरेल सर्वोच्च गएका हुन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले तेस्रो वरीयतामा रहेका धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो ।