Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

ठमेलमा १० तले घरको छतबाट खसेर वृद्धको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

बैशाख २१, काठमाडौँ । काठमाडौंको ठमेलमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । ठमेल नरसिंह चोक बस्ने ६२ वर्षीय न्हुछे नारायण महर्जनको आफ्नै घरको छतबाट खसेर मंगलबार दिउँसो मृत्यु भएको हो ।

आफ्नै १० तले घरको छतमा पानी ट्याङ्की राख्ने ठाउँ हेर्न जाने क्रममा छतबाट चिप्लिएर भुईमा खस्दा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडाैंले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।