१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंका मेयर उम्मेदवार स्थापित भन्छन् : ‘मलाई भोट नदिने मान्छे नर्कमा जान्छ’

२६ बैशाख २०७९, सोमबार ०७:४७

वैशाख २६, काठमाडौँ | नेकपा एमालेबाट काठमाडौं महानगरमा मेयरका उम्मेदवार केशव स्थापितले चुनावी अभियानको क्रममा निरन्तर विवादित अभिव्यक्ति दिँदै आइरहेका छन् ।

चुनावी प्रचारप्रसारका क्रममा उनले आफूलाई भोट नदिनेहरु नर्कमा जाने अभिव्यक्ति समेत दिन भ्याएका छन् ।

आज (सोमबार) काठमाडौंको त्रिपुरेश्वर–११ स्थित एक सार्वजनिक कार्यक्रममा बोल्दै उनले आफू सो क्षेत्रमा निरन्तर लागेको बताउँदै भोट नहालेमा नर्क जाने अभिव्यक्ति दिएका हुन् ।

उनले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘यो ठाउँको असजिलो पर्दा म अगाडि उभिएको हुँ, यहाँ मेरो अधिकार पनि लाग्छ । यहाँका कोही दाजुभाइले मलाई भोट हालेन भने त्यो मान्छे नर्कमा जान्छ ।’

त्यसैगरी उनले कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले सो क्षेत्रमा दुख गरेको र अन्य पार्टीले त्यहाँ भोट किनेमा पाप लाग्ने भन्दै सो कुरा बताएको प्रस्टयाएका हुन् ।

‘यो भनेको सांकेतिक कुरा हो क्या । एउटा पवित्रको बाटो हुन्छ । अर्को पाटो चाँही मासुभात खाने अनि बाटोमा सुत्ने खालको हुन्छ । केही राजनीतिक पार्टीले हाम्रा दाजुभाइ दिदीबहिनीलाई किन्न सकिन्छ भन्ने शब्द प्रयोग गरेको छ । कोही किनियो भने त नर्कमा नै जान्छ भन्न खोजिएको हो । ’ उनले सो कुरालाई थप प्रस्ट पार्दै भने ।

यसअघि पनि स्थापितले चुनावी अभियानको क्रममा विभिन्न विवादि अभिव्यक्ति दिँदै त्यसलाई स्पष्टीकरण दिँदै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार