२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जहाँ गठबन्धनका उम्मेदवारलाई चुनौती, त्यहाँ भोट माग्दै देउवा

२०७९, २६ बैशाख सोमबार ०८:५०

वैशाख २६, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन दलको चुनावी ‘कमान्डर’ बनेर देश दौडाहमा छन् । चुनावी अभियानको क्रममा गठबन्धन दलका उम्मेदवारहरूलाई मत दिएर विजयी गराउन उनले आग्रह गर्दै आएका छन् । 

यही २१ वैशाखयता देउवा गठबन्धनका उम्मेदवारहरूलाई मत माग्न प्रदेश १ को राजधानी विराटनगर पुगेका थिए ।  त्यस यता उनी दिनहुँ चुनावी अभियानमा छन् । उनी पाँच दलीय गठबन्धनको चुनावी सभामा प्रमुख वक्ताको बन्ने गरेका छन् । 

२२ वैशाखमा उनले प्रमुख वक्ताको हैसियतबाट चितवनको भरतपुरमा गठबन्धन दलको संयुक्त चुनावी सभालाई सम्बोधन गरे ।

गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुख पदकी उम्मेदवार रेणु दाहाल र उपप्रमुख पदका उम्मेदवार चित्रसेन अधिकारीलाई मत दिएर विजयी बनाउन उनको आग्रह थियो । 

त्यहाँ देउवा दाहाल र अधिकारीलाई मत माग्न मात्र भने गएका थिएनन् । दाहालविरुद्ध बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई फकाउन पनि गएका हुन् । तर, पौडेलले देउवासँग भेटसम्म गर्न चाहेनन् । 

चितवनमा यसरी एकातिर गठबन्धनका उम्मेदवारहरूलाई मत माग्न र अर्कातिर पौडेलले फकाउन गएका थिए । 

यसपछि भने उनले २३ वैशाखमा सङ्घीय राजधानी काठमाडौंको रत्नपार्कस्थित शान्ति बाटिकामा आयोजित गठबन्धन दलको चुनावी सभालाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकामा सिर्जना सिंह र रामेश्वर श्रेष्ठलाई मत मागे । 

सिंह प्रमुख र श्रेष्ठ उपप्रमुख पदमा गठबन्धनबाट साझा उम्मेदवार बनेका छन् । 

यसपछि उनी २४ वैशाखमा गण्डकी प्रदेशको तनहुँमा पुगे । वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला त्यहाँ गठबन्धनका उम्मेदवारहरूलाई देउवाले मत मागे । 

त्यहाँ पार्टीको केन्द्रीय अनुशासन समितिले कारबाही गरेका नेता गोविन्दराज जोशीले नेकपा एमालेसँग निर्वाचनमा तालमेल गरेका छन् । जसका कारण निर्वाचनमा जित्न गठबन्धनका दलका उम्मेदवारलाई चुनौती थपिएपछि देउवा त्यहाँ मत माग्न पुगेका हुन् । 

सोही दिन देउवा मधेस प्रदेशको राजधानी रहेको जनकपुर उपमहानगरपालिका पुगे । त्यहाँ गठबन्धनको तर्फबाट उपमहानगरपालिका प्रमुख जनता समाजवादी पार्टीका लालकिशोर साह छन् । 

कांग्रेसकै उपमहानगरपालिकाको सभापति मनोजकुमार साह पदबाट राजीनामा दिँदै प्रमुख पदका स्वतन्त्र उम्मेदवार भएका छन् । साहका कारण त्यहाँ गठबन्धनका उम्मेदवार साहलाई निर्वाचन जित्न चुनौती थपिएको छ ।

त्यहाँ मत मागेपछि भने प्रधानमन्त्री देउवा आइतबार (२५ वैशाखमा) गण्डकी प्रदेशको राजधानी पोखरा गए । पोखरा महानगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट धनराज आचार्य उम्मेदवार छन् । जहाँ गठबन्धन दलहरूबीच भएको तालमेलप्रति असन्तुष्ट हुँदा नेता विमलबहादुर कार्की बागी उम्मेवार छन् । 

कांग्रेसबाट बागी बनेका उनलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरी हटाएको छ । तर, उनका कारण गठबन्धन दलका साझा उम्मेदवार आचार्यलाई निर्वाचन जित्न चुनौती थपिएको छ । चुनौती भएपछि देउवा मत माग्न त्यहाँ पुगेका हुन् । 

आज भने प्रधानमन्त्री देउवा धनगढी पुगेका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ साथ धनगढी पुगेका उनले गठबन्धनको उम्मेदवार नृपबहादुर वडलाई भोट माग्ने भएका हुन् । 

वडसँग यसअघि चुनावी प्रतिस्पर्धा स्वतन्त्र उम्मेदवार गोपाल हमालबीच भएको थियो । यस पटक पनि हमाल प्रतिस्पर्धी छन् ।  चर्को प्रतिस्पर्धा हुने आँकलन भएको त्यहाँ गठबन्धनका साझा उम्मेदवार वडलाई मत माग्न देउवा पुगेका हुन् । 

आजै देउवा गृहजिल्ला डडेल्धुरा पनि पुग्ने भएका छन् । निवर्तमान कांग्रेस जिल्ला सभापति कर्ण मल्लले नेपाली कांग्रेस (विपी) ब्युँताएर नेकपा एमालेसँग तालमेल गरेपछि निर्वाचन जित्न कांग्रेस उम्मेदवारहरूमाथि चुनौती थपिएको छ । 

त्यहाँ गठबन्धन दलहरूबीच तालमेल पनि छैन । एक्ला एक्लै ‘मित्रवत् प्रतिस्पर्धा’ गर्ने भन्दै चुनावी मैदानमा छन् । 

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार देउवा प्रधानमन्त्रीको नभई कांग्रेस सभापतिको हैसियतमा चुनावी अभियानमा निस्किएका हुन् । 

आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार भने मतदान अबको चार दिनमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल