Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आज र भाेलि यी प्रदेशमा वर्षाकाे सम्भावना

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख २९, काठमाडाैं | आज र भाेलि मुलुकका विभिन्‍न क्षेत्रमा वर्षाकाे आँकलन गरिएकाे छ । स्थानीय वायु र पश्चिमी वायुसँगै  'असानी' नामक चक्रवातकाे असरका कारण वर्षाकाे आँकलन गरिएकाे हाे ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी र मध्य नेपाल केन्द्रित वर्षा हुनसक्छ। शुक्रबार स्थानीय तह निर्वाचनका लागि मतदान हुँदैछ ।

महाशाखाका अनुसार आज दिउँसाे प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा पनि हल्का वर्षाको सम्भावना छ ।

शुक्रबार प्रदेश १, बागमती र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको आँकलन गरिएकाे छ ।

राति प्रदेश १ का केही स्थान तथा बागमती र गण्डकीका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।