पढ्न करिब 1 मिनेट लाग्छ

वैशाख २९, दाङ | नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का संयोजक धर्मेम्द्र बास्तोला रिहा भएका छन् ।

बुटबलमा भएको विस्फोट र चुनावको बहिष्कारसम्बन्धी विषयलाई लिएर बास्तोलालाई बिहीबार बिहान दाङ प्रहरीले नियन्त्रणमा लिएको थियो ।सामान्य सोधपुछ पछि उनलाई रिहा गरिएको दाङका एसपी सुरेश काफ्लेले जानकारी दिए ।

बास्तोलाले प्रहरी हिरासतबाटै प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणसँग फोनमा कुराकानी गरेका थिए । यसअघि आजै पार्टीका केन्द्रीय कार्यालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले विज्ञप्ति जारी गर्दै बास्तोलालाई तत्काल रिहा गर्न माग गरेका थिए ।

नेकपा बहुमतले बुटवल घटनाको जिम्मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले लिइसकेको सार्वजनिक भएको भन्दै आफ्नो पार्टीले कुनै पनि विस्फोटनजन्य र सशस्त्र बहिष्कार गर्ने नीति नलिएको स्पष्ट गरेको छ ।