पढ्न करिब 1 मिनेट लाग्छ

वैशाख ३१, भक्तपुर | काठमाण्डाैं महानगरपालिकाका मेयरका उम्मेदबार बालेन शाह भक्तपुर आइपुगेका छन् । उनी भक्तपुर नगरपालिका-२ व्यासीस्थित भक्तपुर नगरपालिकाको कार्यालय पुगेका हुन् ।

उनी भक्तपुर नगरपालिका र नेपाल मजदुर किसान पार्टीबाट प्रभावित छन् । यही कारण उनी भक्तपुर आएका हुनसक्ने अनुमान गरिएको छ । आफू काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भए भक्तपुरमा जस्तो काम गर्ने उनले बताउँदै आएका छन् । बालेन भक्तपुर पुगेपछि उनीसँंग सेल्फी खिच्नेहरूको भिड लागेको थियो ।

यस क्रममा शाहले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंका कान्छो भाई एवं उक्त पार्टीबाट भक्तपुर नगरपालिका-५ का वडा अध्यक्षका उम्मेदवार योगेन्द्रमा बिजुक्छेका साथै भक्तपुर नगरपालिका-५ मा नेपाल मजदुर किसान पार्टीबाट विजयी वडा अध्यक्ष प्रेमगोपाल कर्माचायसँंग भेटघाट पनि गरेका थिए ।