Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

काठमाडौं महानगर : बालेन शाहलाई २१३९ मत, आधा मतान्तरले पछ्याउँदै केशव स्थापित

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ १, काठमाडौं | काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता दोब्बरले बढाएका छन् । पछिल्लो समय १ बजे सार्वजनिक भएको मतपरिणामअनुसार बालेनले दुई हजार १३९ मत ल्याएर अग्रस्थानमा छन् ।

उनलाई पछ्याउँदै आएका एमालेका उम्मेदवार केशव स्थापितले एक हजार १९९ मत ल्याएका छन् । कांग्रेसकी सिर्जना सिंह एक हजार ५७ मत पाएर तेस्रो स्थानमा छिन् ।

काठमाडौं महानगरको मतगणना निकै ढिलाइ भइरहेको छ । मतगणनामा ढिलाइ भइरहेको भन्दै चौतर्फी गुनासो आएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक मतगणनास्थल थप गरेको छ । अहिले ३१ नम्बर वडाको पनि मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

योसँगै अहिले ६ ठाउँबाट मत गणना भइरहेको छ । अहिले वडा नम्बर १,२,३,४, ३१ र ३२ वडाको मत गणना एक साथ अघि बढिरहेको छ । केही वडाको मत गणना अन्तिम चरणमा पुगेको छ ।