१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंको ११ पालिकामध्ये ७ वटामा एमाले, ३ वटामा कांग्रेस र एउटामा स्वतन्त्र उम्मेदवारको अग्रता

१ जेष्ठ २०७९, आईतवार ०८:१८

जेठ १, काठमाडौं | काठमाडौं जिल्लामा रहेका ११ पालिकामध्ये आधाभन्दा बढीको प्रमुखमा नेकपा एमालेका उम्मेदवारको अग्रता रहेको छ । 

हालसम्म सार्वजनिक भएको मतगणना अनुसार काठमाडौंका ११ पालिका मध्ये ७ वटामा एमाले, ३ वटामा नेपाली कांग्रेस र एउटामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । 

काठमाडौं जिल्लामा एउटा महानगरपालिका र १० वटा नगरपालिका रहेका छन् । जिल्लामा काठमाडौं महानगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, कीर्तिपुर नगरपालिका, गोकर्णेश्वर नगरपालिका, चन्द्रागिरी नगरपालिका, टोखा नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, नागार्जुन नगरपालिका, बुढानिलकण्ठ नगरपालिका र शङ्खरापुर नगरपालिका रहेका छन् । 

आयोगका अनुसार काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले अग्रता लिएका छन् । उनले हालसम्म २ हजार ६०१ मत प्राप्त गरेका छन् ।

कागेश्वरी मनोहरा नगरपालिका प्रमुखमा एमालेका उम्मेदवार रामशरण ढुंगानाले अग्रता लिएका छन् । उनले १ हजार ६४८ मत प्राप्त गरेका छन् । 

कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार राज कुमार नकर्मीले अग्रता लिएका छन् । उनले हालसम्म २ हजार ६२० मत प्राप्त गरेका छन् । 

गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार उद्धव विशष्ट १ हजार ८०२ मतका साथ अग्र स्थानमा छन् । यस्तै, चन्द्रागिरी नगरपालिकाको प्रमुखमा एमालेका उत्तम बहादुर राउतले अग्रता लिएका छन् । उनले हालसम्म १ हजार २३ मत प्राप्त गरेका छन् । 

टोखा नगरपालिकाको प्रमुखमा १ हजार ४०२ मतका साथ एमालेका उम्मेदवार प्रकाश अधिकारी अग्र स्थानमा रहेका छन् । तारकेश्वर नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार रामेश्वर बोहराले अग्रता लिएका छन् । उनले हालसम्म २ हजार ८७ मत प्राप्त गरेका छन् । 

दक्षिणकाली नगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार मोहन बस्नेतले अग्रता लिएका छन् । उनले हालसम्म २ हजार ९४९ मत प्राप्त गरेका छन् । नागार्जुन नगरपालिकाको प्रमुखमा २८७ मतका साथ कांग्रेसका उम्मेदवार मोहन बहादुर बस्नेत अग्र स्थानमा छन् । 

बुढानिलकण्ड नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार मिठाराम अधिकारीले अग्रता लिएका छन् । उनले २ हजार ५८ मत प्राप्त गरेका छन् । शङ्खरापुर नगरपालिकाको प्रमुखमा १ हजार ३०२ मतका साथ एमालेका उम्मेदवार कृष्ण लाल बजगाईं अग्र स्थानमा छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार