भदौ १७, काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले यसवर्ष हरितालिका पर्वमा पशुपतिनाथको मन्दिरमा सःशुल्क दर्शनको व्यवस्था हटाएको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले यसवर्ष हरितालिका पर्वमा पशुपतिनाथको मन्दिरमा सःशुल्क दर्शनको व्यवस्था हटाएको छ "/>
२८ मंसिर २०८२, शनिबार
अर्थ/विकास

पशुपतिमा सःशुल्क दर्शनको व्यवस्था अन्त्य

१७ भाद्र २०७३, शुक्रबार १२:३२

भदौ १७, काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले यसवर्ष हरितालिका पर्वमा पशुपतिनाथको मन्दिरमा सःशुल्क दर्शनको व्यवस्था हटाएको छ । 

मन्दिरमा आएर छोटो समयमा दर्शन गर्न चाहने भक्तजनको सहजताका लागि रु एक हजारको टिकटको व्यवस्था कोषले गर्दै आएको थियो । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कोषका सदस्यसचिव डा गोविन्द टण्डनले मन्दिरमा आउने दर्शनार्थीको सहजतालाई व्यवस्थित बनाउन नेपाल प्रहरीको संयोजकत्वमा ‘एकीकृत सुरक्षा व्यवस्था’ लागू गरिएको जानकारी दिनुभयो । अब दर्शन गर्न आउने सबैले लाइन लाग्नुपर्ने भएको छ ।

प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले करिब तीन हजार सुरक्षाकर्मीलाई मन्दिर तथा आसपास क्षेत्रमा खटाइने र दर्शनार्थीलाई मन्दिर दर्शनका लागि चाहिँदो सहयोग उपलब्ध गराउने बताउँदै महिला समुदायलाई त्यस दिन गरगहना नलगाउन आग्रह गर्नुभयो । 

विशिष्ट व्यक्ति, ज्येष्ठ नागरिक, अपाङ्गता भएकालाई लाइन लाग्नुनपर्ने व्यवस्था गरिएको कोषले जनाएको छ । यस कार्यका लागि कोषले करिब रु १६ लाख रकम विनियोजन गरेको छ भने त्यस क्षेत्रमा ४५ वटा सिसीक्यामेराको व्यवस्था गरेको छ । करिब तीन लाख भक्तजन आउने अनुमान गरिएको छ । 

मन्दिर क्षेत्रमा त्यस दिन कुनै पनि सामाजिक सङ्घसंस्थालाई स्वयम्सेवकका रुपमा गतिविधि गर्न प्रतिबन्ध लगाइएको छ । कोषले हरितालिकामा पशुपति मन्दिर तथा त्यस वरपर क्षेत्रका सर्वसाधारणलाई नियमित आवतजावतका लागि उपलब्ध गराउँदै आएको पासको व्यवस्थासमेत हटाएको छ । मन्दिरमा आउने सबैलाई सुरक्षाकर्मीले आवश्यक निर्देशन तथा सहयोग गरिनेछ । 

मित्रपार्क, उमाकुण्ड, कैलाश हुँदै रुद्रगाढेश्वरबाट बाहिरिने व्यवस्था मिलाइएको छ । दर्शनार्थी जयबागेश्वरी, भुवनेश्वरी हुँदै मन्दिर प्रवेश गरी पश्चिम मूलढोकाबाट बाहिरिने छन् । गौशला, पिङ्गलास्थान, चार शिवालय, हुँदै मूल भट्ट निवासबाट बाहिरिने रुटको व्यवस्था गरिएको कोषका निर्देशक भरत मरासिनीले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह