२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांसदबाट राजीनामा दिएका एक जनाको हार, दुई जना कठिन सङ्‍घर्षमा

२०७९, ७ जेष्ठ शनिबार ०६:५४

जेठ ७, काठमाडाैं | प्रदेश सांसदबाट राजीनामा दिएर तीन जना नेता स्थानीय तह निर्वाचनमा लडे । करोडौं बजेट परिचालन गर्न पाइने र जनतासँग नजिक भएर काम गर्न पनि पाइने भएका कारण सहजै राजीनामा दिएर स्थानीय तह निर्वाचनमा लड्ने नेताहरू हुन्, काजिमान कागते, विजय सुवेदी र कृष्ण थापा ।  यी तीनै जना नेता नेकपा एमालेका हुन् । 

कागते इलामको सूर्योदय नगरपालिकाको प्रमुख पदका लागि प्रतिस्पर्धामा उत्रिए । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेतासमेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालको गृहपालिका पनि यही हो । कागते खनालकै पार्टीका नेता रणबहादुर राईबाट पराजित भए ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार राईले १२ हजार ४३१ मत र पराजित भएका कागतेले १० हजार ५७९ मत प्राप्त गरे । राईको जितले सांसद पदबाट राजीनामा दिएर सूर्योदय नगरपालिकाको नेतृत्व गर्ने कागतेको चाहना अधुरै रह्‍याे। 

अर्का सांसद् विजय सुवेदीको पनि भरतपुर महानरपालिकामा हारको सम्भावना बढ्दै गएको छ । शनिबार बिहान ११ बजेको मतपरिणामलाई आधार मान्दा उनका प्रतिस्पर्धी रेणु दाहाल ५ हजार ५१८ मतले अघि छन् । रेणुले २८ हजार ६०८ मत र सुवेदीले २३ हजार ९० मत प्राप्त गरेका छन् । 

आधाभन्दा बढी वडाको मतगणना सकिएको छ । एमालेको ‘कोर एरिया’भनिएको वडाबाट पनि सुवेदीलाई राम्रो मत आएन र प्रतिस्पर्धी रेणुले मतान्तर बढाउँदै लगेकी हुन् ।  एमालेबाटै सुवेदीलाई घात भएको र जित निकाल्न मुस्किल पर्ने चर्चा पनि चल्न थालेको छ ।

पोखरा महानगरपालिकाको प्रमुख पदका प्रतिस्पर्धी रहेका कृष्ण थापा पनि जति मतगणना सकिन्छ, त्यति पछि पर्दै गएका छन् ।

उनलाई पछि पार्ने प्रतिस्पर्धी हुन्, धनराज आचार्य । सत्ता गठबन्धनका उम्मेदवार आचार्यले ३२ हजार ४८० मत पाएका छन् । थापाले भने २९ हजार ४१ मत पाएका छन् । उनीहरूको मतान्तर ३ हजार ४३९ छ ।

गण्डकी प्रदेश सांसदबाट राजीनामा दिएका थापालाई पोखरा महानगरको प्रमुख हुन कठिन बन्दै गएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश