भदौ २१, काठमाडौँ । अर्थमन्त्री कृष्णबहादुर महराले चालू आर्थिक वर्षको बजेटमा करिब एक खर्ब रुपैयाँ थप गरी पूरक बजेट ल्याउने तयारी गरेका छन् ।

राष्ट्रिय योजना आयोगले स्रोतको जोहो हुनसक्ने बताएपछि अर्थमन्त्री महरा पूरक बजेट ल्याउने गृहकार्यम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २१, काठमाडौँ । अर्थमन्त्री कृष्णबहादुर महराले चालू आर्थिक वर्षको बजेटमा करिब एक खर्ब रुपैयाँ थप गरी पूरक बजेट ल्याउने तयारी गरेका छन् ।

राष्ट्रिय योजना आयोगले स्रोतको जोहो हुनसक्ने बताएपछि अर्थमन्त्री महरा पूरक बजेट ल्याउने गृहकार्यम"/>

२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक खर्ब थपेर पूरक बजेट ल्याउने सरकारी तयारी

२१ भाद्र २०७३, मंगलवार ०२:११

भदौ २१, काठमाडौँ । अर्थमन्त्री कृष्णबहादुर महराले चालू आर्थिक वर्षको बजेटमा करिब एक खर्ब रुपैयाँ थप गरी पूरक बजेट ल्याउने तयारी गरेका छन् ।

राष्ट्रिय योजना आयोगले स्रोतको जोहो हुनसक्ने बताएपछि अर्थमन्त्री महरा पूरक बजेट ल्याउने गृहकार्यमा जुटेका हुन् । 

नगद मौज्दात मुख्य स्रोत गत आर्थिक वर्षको बजेटबाट ६९ अर्ब रुपैयाँ थप रकम सरकारी खातामा आएपछि सरकारले यसैलाई पूरक बजेटको मुख्य स्रोतको रूपमा परिचालन गर्न लागेको हो ।

‘सरकारले चालू आव ०७२/७३ को बजेटमा अनुमान गरेभन्दा थप ६९ अर्ब रुपैयाँ ट्रेजरीमा थपिएको छ, यो मुख्य स्रोत हो,’ राष्ट्रिय योजना आयोग उच्च स्रोतले भन्यो, ‘त्यसबाहेक राजस्व पनि बढ्ने सम्भावना छ, त्यसैलाई प्रयोग गरेर पूरक बजेट ल्याउन सकिन्छ ।’ गत वर्षको बजेटबाट चालू आवमा ५९ अर्ब ४१ करोड रुपैयाँ नगद मौज्दात थपिने अनुमान सरकारले यसअघि गरेको थियो ।

तर, गत आवमा बजेट खर्च हुन नसक्दा सरकारी खातामा एक खर्ब २८ अर्ब रुपैयाँ थपिएको अर्थ मन्त्रालयले जनाएको छ । ‘बजेटमा अनुमान गरिएभन्दा धेरै रकम थुप्रिएको छ, यसको प्रयोग गर्न पूरक बजेट ल्याउने कुरा भएको हो,’ स्रोतले भन्यो, ‘स्रोत अभाव भएको भए अर्को कुरा हुन्थ्यो, भएको स्रोत उपयोगका लागि अर्को बाटो छैन ।’

राजस्व २५ प्रतिशतले बढाउने दाबी सरकारले गत आवमा चार खर्ब ७५ अर्ब रुपैयाँ राजस्व संकलनको अनुमान गरेको थियो । तर, पाँच महिना लामो नाकाबन्दीका बाबजुद पनि चार खर्ब ८२ अर्ब राजस्व संकलन भयो । आर्थिक वर्ष सकिनु ४५ दिनअघि नै आएको चालू आवको बजेटमा यो वर्ष पाँच खर्ब ६५ अर्ब रुपैयाँ राजस्व असुल गर्ने लक्ष्य राखिएको छ ।

यो रकम गत आवको संकलित राजस्वभन्दा १७ प्रतिशतले धेरै हो । चालू वर्षको अवस्था सामान्य रहेकाले राजस्वको आकार २५ प्रतिशतले बढ्ने अनुमान अर्थ मन्त्रालयको छ । ‘सचिवज्यूले पदबहाली गर्दै २५ प्रतिशतसम्म राजस्व बढाउन सकिने बताउनुभएको छ,’ अर्थका एक सहसचिवले भने ।

बिहीबार सरुवा भएर अर्थ मन्त्रालय पुगेका सचिव डा. शान्तराज सुवेदीले सोमबार पदबहाली गरेका थिए । सचिव सुवेदीले भनेअनुसार राजस्वको आयतन बढे चालू आवमा ६ खर्ब दुई अर्ब राजस्व संकलन हुन्छ ।

स्रोतका अनुसार यसैलाई आधार मानेर सरकारी स्रोतमा अनुमान गरेभन्दा थप ३७ अर्ब थपिने प्रक्षेपण योजना आयोग र अर्थ मन्त्रालयको छ । ३७ अर्बको अतिरिक्त राजस्व संकलन र ६९ अर्बको नगद मौज्दातलाई आधार मानेर सरकारले एक खर्बको पूरक बजेट ल्याउने तयारी थालेको स्रोतको दाबी छ ।

अनुमानअनुसार राजस्व संकलन भए नगद मौज्दात र राजस्व गरी प्रक्षेपणभन्दा धेरै एक खर्ब ६ अर्ब रुपैयाँ खातामा जम्मा हुनेछ । स्रोतका अनुसार योजना आयोगले पूरक बजेटका लागि आवश्यक रकम जोहो हुने आधार अर्थमन्त्री र प्रधानमन्त्रीलाई जानकारी गराइसकेको छ । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो