पढ्न करिब 1 मिनेट लाग्छ

असार १६, काठमाडौं | नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ ठूलो दुर्घटना हुनबाट जोगिएका छन् ।

गुरुङ सवार बा १९ च १८३९ नम्बरको स्कार्पियो गाडी आज बिहान रामेछापको गोगनेमा सडक किनारबाट थोरै तल झरेको छ । तर अगाडि ढुंगाको ओट लागेकाले ठूलो दुर्घटनाबाट जोगिएको उनले जानकारी दिएका छन् । उनले आफू सकुशल रहेको जानकारी पनि दिएका छन् ।

उनले ट्वीटरमा गाडीको फोटो राख्दै लेखेका छन्, ‘ठूलो घटना हुनबाट जोगियो ! रामेछाप गोगनेमा हामी चढेको गाडी अचानक सडक किनारबाट तल गयो तर अगाडि ढुंगाको ओट लाग्न पुगेकाले ठूलो घटना हुनबाट जोगियो । भगवानको कृपाले हामी सबै सकुशल छौं ।’

गाडीमा उपाध्यक्ष गुरुङसहित रामेछापका महाधिवेशन प्रतिनिधि रत्न कार्की, ललितपुर जिल्ला सदस्य सानुबाबु महर्जन लगायत पाँच जना थिए । उनीहरु ओखलढुंगा घर भएका कांग्रेस केन्द्रीय सदस्य प्रदीप सुनुवारकी श्रीमतीको निधन भएकाले परिवारलाई भेटेर फर्किंदै थिए ।

उनले भने, ‘गाडी चिप्लिएर सडक किनारमा पुग्यो । थोरै तल झरेको भए म फोन उठाउन पनि सक्ने अवस्थामा हुँदैनथें होला । धन्न जोगियो ।’