१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवाविरुद्ध उत्रिँदै शेखर समूह

१६ असार २०७९, बिहीबार ०६:४५

असार १६, काठमाडौं | महाधिवेशन सकिएको ६ महिना बितेलगत्तै नेपाली कांग्रेसभित्रको डा. शेखर कोइराला नेतृत्वको समूह सभापति शेरबहादुर देउवाविरुद्ध उत्रने तयरीमा जुटेको छ ।

अघिल्लो कर्यकालमा जस्तै महाधिवेशन सम्पन्न भएको ६ महिना बित्दासमेत सभापति देउवा विधि र विधानअनुसार नचलेको भन्दै कोइराला समूह उनीविरुद्धको अघि बढ्ने भएको हो ।


‘महाधिवेशन सम्पन्न भएको ६ महिना बित्यो, महाधिवेशनबाट उहाँलाई नेता चुनियो तर पार्टीको नीति महाधिवेशनमा उहाँको चासो देखिएन, फेरि पनि विधि र विधान उल्लंघन सुरु भएकाले हामी रणनीति बनाउनेगरी अघि बढ्न बाध्य हुने अवस्थामा पुग्यौं,’ कोइराला समूहबाट पदाधिकारी रहेका एक नेताले भने ।

पछिल्लो समय पार्टीको नीति अनुसन्धान प्रशिक्षण प्रतिष्ठान, नेपाल किसान संघ र आदिवासी जनजाति संघको नेतृत्वमासमेत आफू निकटकै नेतालाई नेतृत्व सुम्पिएपछि कोइराला समूह सभापति देउवासँग असन्तुष्ट छ ।

यसैगरी, पार्टी विधानअनुसार विभाग तथा समितिहरू गठन गर्नेतर्फ पनि देउवाले आफ्नो पक्षलाई छलफलमा नै सहभागी नगराएर मनोमानी गर्न खोजेको कोइराला समूहको आरोप छ ।

कोइराला समूहले बिहीबार डा. शेखरको सचिवालयमा आफू निकटका पार्टी पदाधिकारी, केन्द्रीय सदस्य तथ पूर्वपदाधिकारीलाई छलफलका लागि बोलाएको हो ।

‘विधानको कार्यान्वयनका विषयमा नै छलफल गर्छौ, पर्टीको नीति महाधिवेशन, भ्रातृसंगठन, विभाग गठन, केन्द्रीय समिति बैठक अह्वानलगायतका विषयमा छलफल हुन्छ,’ ती पदाधिकरीले राजधानीसँग भने ।

देउवाले सभापति निर्वाचित भएको ६ महिनासम्ममा पनि पदाधिकारी, केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समिति र संसदीय बोर्डलाई पूर्णता दिन सकेका छैनन् । १४ सदस्यीय पदाधिकारीमा कोषाध्यक्ष मनोनित गर्न बाँकी छ भने १ सय ६८ सदस्यीय केन्द्रीय समितिमा १ सय ४७ जना सदस्य मात्र छन् । सभापति देउवाले २१ जना केन्द्रीय सदस्य मनोनयन गर्न बाँकी छ ।

यसैगरी, पार्टी विधानअनुसार ४६ सदस्यीय कार्यसम्पादन समिति हुनुपर्नेमा हाल ३७ सदस्यमा सीमित छ । २५ सदस्यीय रहने संसदीय बोर्डमा पनि पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेल मात्र छन् । यस्तै, कांग्रेस विधानमा २८ वटा विभागको व्यवस्था छ ।

देउवले गत ३ फागुनमा केन्द्रीय कार्यसम्पादन समितिबाट १० भ्रातृसंगठन पनि भंग गरेका थिए । तीमध्ये ४ वटामा नयाँ नेतृत्व आइसकेको छ । फागुन मसान्तभित्र १० वटै भ्रातृसंस्थानको केन्द्रीय तदर्थ समिति गठन गर्ने अधिकार पाएका देउवाले पाँच महिनामा नेविसंघ, तरुण दल, किसान संघ र आदीवासी जनजाति संघलाई मात्र नेतृत्व दिएका छन् ।

हाल नेविसंघमा दुजाङ शेर्पा, तरुण दलमा विद्वान गुरुङ, किसान संघमा गणेश तिमिल्सिना र आदिवासी जनजाति संघको सभापतिमा ओमबहादुर थापा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ