Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कुनै हातलमा प्रहरीलाई अहिले हतियार किनिँदैन : प्रधानमन्त्री देउवा

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार ३०, काठमाडौं | प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले प्रहरीलाई कुनै पनि हालतमा हतियार नकिन्ने बताएका छन् ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका उनले यस विषयमा गृह मन्त्रीलाई निर्देशन दिने बताए ।

नेताहरु गोपालमान श्रेष्ठ र अर्जुननरसिंह केसीले केन्द्रीय समितिको जारी बैठकमा प्रहरीलाई किन्न लागेको हतियारका बारेमा प्रश्न उठाएका थिए ।

'प्रहरीलाई हतियार किनिँदैन । अहिले आवश्यक पनि छैन । त्यो निर्णय होइन । त्यो हतियार अहिले किन्दैनौं' सभापति देउवाले बैठकमा भनेका थिए।

प्रहरीलाई हतियार किन्न भन्दै यसअघि बजेट रकमान्तर गरिएको थियो ।